ताजा अपडेट »

नवलपरासीको तन्दुरी होटलमा तास खेलेका ६ जना पक्राउ

मंगलबार, १६ कार्तिक २०७८, १४ : ०६
9 Shares

बुटवल । नवलपरासीपूर्वमा ६ जना जुवाडे पक्राउ परेका छन् । गैंडाकोट नगरपालिका–१० भैसाखोरी बस्ने ४७ वर्षीय डिल्लीराम
सापकोटाको सोही ठाउँस्थित सापकोटा न्यू तन्दुरी होटल एण्ड रेष्टुरेन्टमा तास खेलिरहेको अवस्थामा डिल्लीराम लगायत ६ जनालाई सोमबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उक्त रेष्टुरेन्टमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गैंडाकोट र अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २५ हजार ३५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।