ताजा अपडेट »

शेयर बजारमा सामान्य सुधार

सोमबार, १४ माघ २०७५, १४ : १०
8 Shares

माघ १४, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजारमा सामान्य सुधार देखिएको छ । आज बजार परिसूचक नेप्से २.७९ अंकले बढेर ११६४.८९ अंकमा पुगेको छ । बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.६५ अंकले बढेको छ ।

आज होटल्स, जलविद्युत्, उत्पादन र अन्यबाहेक बाँकी समूहको परिसूचकमा सुधार आएको छ । बजारमा १६५ कम्पनीको ८ लाख ७१ हजार ८२८ कित्ता शेयर ४ हजार ५८२ पटक खरिदबिक्री हुँदा २२ करोड ४३ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।