२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ६३ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोहीअवधिको तुलनामा २५ दशमलव १४ प्रतिशत बढी हो ।

Advertisement

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद नाफा घटे पनि वितरणयोग्य नाफामा भने राम्रो सुधार भएको छ । वितरणयोग्य नाफा ७३ दशमलव ३४ प्रतिशतले बढेर असोज मसान्तसम्म ३० करोड ४४ लाख ३१ हजार रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६ दशमलव ०३ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २९ दशमलव ४९ प्रतिशतले घटेको छ । बैंकको कमिशन आम्दानी भने समीक्षा अवधिमा २० दशमलव २९ प्रतिशतले बढेको छ ।

त्यसैगरी, बैंकको निक्षेप शून्य दशमलव ३८ प्रतिशत बढेको छ भने कर्जा दुई दशमलव ४४ प्रतिशतले बढेको छ । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३० करोड ४४ लाख रुपैयाँ छ ।

समीक्षा अवधिमा बैंकको जगेडा कोष नौ दशमलव २६ प्रतिशतले बढेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ९६ पैसाबाट १० रुपैयाँ ५३ पैसा घटेर २२ रुपैयाँ ४३ पैसामा झरेको छ। असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात १७ दशमलव ८३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ४५ पैसा रहेको छ।

प्रतिकृया दिनुहोस्

Flash News

कार्यकर्तालाई निर्वाचनमा होमिन नेकपा एकिकृतको आग्रह प्यूठान जीप दुर्घटना अपडेट : मृतकको संख्या तीन पुग्यो रोट्रयाक्ट क्लब अफ कोटिहवाद्वारा निःशुल्क शिविर, करिब ४ सय जनाले लिए सेवा राष्ट्रपतिबाट नागरिकता विधेयक अस्वीकृत दाजुभाई मिलेर बहिनीको प्रेमीको हत्या चर्चमा आगलागी, ४१ जनाको मृत्यु प्यूठानमा जीप दुर्घटना, नौ जना घाइते लुम्बिनी सरकारको प्रगति : तालिम गोष्ठिदेखि कर्मचारीको विवरण सार्वजनिकसम्म पाल्पामा सोमप्रसाद भर्सेस ठाकुर गैरे !, अर्को क्षेत्रमा कसको चर्चा ? बुटवल उपमहानगरको न्यायिक समितिले गर्‍यो ६ वटा विवाद निरुपण थप ४५५ जनामा कोरोना संक्रमण, २ को मृत्यु बजेट अधिवेशनमै धमाधम कानुन निर्माण १३ वर्षीया बालिकालाई याैन दुर्व्यवहार गरेकाे आरोपमा पक्राउ मेयर बालेनज्यू, तपाइँ असफल हुनु भएन : पूर्वसचिव शारदा त्रिताल आत्मनिर्भर हजुरआमाहरू संघीय सरकारविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू नै धर्नामा गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि संसद बैठक स्थगित प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन