ताजा अपडेट »

ग्लोबल आईएमई बैंकको खुद नाफामा पाँच दशमलव ०४ प्रतिशतको वृद्धि

सोमबार, १५ कार्तिक २०७८, १५ : ३१
22 Shares

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म आइपुग्दा ग्लोबल आईएमई बैंकको नाफामा सामान्य वृद्धि भएको छ ।  बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा बैंकले खुद नाफा पाँच दशमलव ०४ प्रतिशतले बढेर एक अर्ब ११ करोड २२ लाख २४ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा यसले एक अर्ब पाँच करोड ८८ लाख ४० हजार रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने नौ दशमलव ८२ प्रतिशतले घटेर दुई अर्ब ३३ करोड ८९ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसले दुई अर्ब ५९ करोड ३६ लाख नाै हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । त्यस्तै, तीन महिनामा बैंकको सञ्चालन नाफा पाँच दशमलव ४५ प्रतिशतले बढेर एक अर्ब ५५ करोड ५६ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, असोज मसान्तसम्मको अवधिमा बैंकको वितरण योग्य नाफामा भने आकर्षक वृद्धि भएको छ । गत आर्थिक वर्ष २२ करोड ६१ लाख ६१ हजार रुपैयाँ रहेको वितरण योग्य नाफा यो वर्ष तीन अर्ब ३५ करोड ८० लाख ११ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ५७ पैसा छ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।