ताजा अपडेट »

रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवाको मृत्यु

सोमबार, १५ कार्तिक २०७८, १२ : ४१
6 Shares

बुटवल । रुपन्देहीमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको मायादेवी गाउँपालिका–८ मायादेवी चोकस्थित सडकमा लु.५० प ६०३१ नम्बरको मोटरसाइकललाई ना.३ ख ४२१९ नम्बरको ट्रकले आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक परिचय नखुलेका करिब २५ वर्षीय पुरुषको मृत्यु लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।