२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

शभर चिसो बढ्दै

काठमाण्डाै । देशभर चिसो बढ्न थालेको छ ।  न्यूनतम र अधिकतम तापक्रम घट्न थालेकाले बिहान र बेलुका चिसो हुन थालेको छ ।अब चिसो झन् झन् बढ्दै जाने मौसमविद्ले बताएका छन् । मौसमविद् समिर श्रेष्ठका अनुसार काठमाण्डौसहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको छ । तर,  बादल लागेको दिन भने तापक्रम स्थिर हुने र बढ्ने समेत हुन्छ ।  

Advertisement

हिजो भन्दा आज काठमाण्डौ न्यूनतम तापक्रम झण्डै १ डिग्री सेल्सियस बढी छ । तर जलवाष्पयुक्त हावाका कारण हिजो भन्दा आज धेरै चिसो महसुस गरिएको छ । हिजो बिहान ५ बजेको  काठमाण्डाैकाे न्यूनतम तापक्रम १३ दशमलव ५ डिग्री सेल्सियस थियो  ।

आज भने १४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । यसैबीच, अहिले देशका धेरै ठाउँको मौसम बद्ली भएको छ ।  काठमाण्डौ उपत्यकासहित देशका केही पहाडी क्षेत्रमा अहिले लागेको बादल केहीबेरमा हटेर दिउँसो घाम लाग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्  ।

आज दिउँसो सुदूरपश्चिमका केही ठाउँमा भने फाट्टफुट्ट पानी पर्ने सम्भावना छ । आज राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर केही ठाउँमा फाट्टफुट्ट रुपमा पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए।

प्रतिकृया दिनुहोस्

Flash News

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा, देउवाले गरे स्वागत भरतपुरमा रेनु भन्दा विजय ४३ मतले अगाडि धनगढीमा मतान्तर बढाउँदै स्वतन्त्र उम्मेदवार हमाल दिल्लीको तापक्रम ४९ डिग्री सेल्सियस, सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध भारतीय प्रधानमन्त्री मोदी आज ६ घण्टाको लागि नेपाल आउँदै बुटवलमा खेलराज पाण्डेय १८१४ मतले अघि तिलोत्तमामा एमालेको विजयी सुरुवात, गठबन्धनलाई हराउँदै वडा १ को अध्यक्षमा गिरी सैनामैना २ मा गठबन्धनलाई हराउँदै एमालेका कंडेल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस २०९ मतले पछाडी चितवनका २० वडाको मतपरिणाम सार्वजनिक, कांग्रेस ९ र एमाले ६ वडामा विजयी पोखराको पहिलाे नतिजा : १ मा एमाले, २ मा कांग्रेस विजयी तिलोत्तमामा खाँण र चापागाईं बीच कडा प्रतिस्पर्धा जारी गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान, जजिरा एयरबेजको जहाज अवतरण बुटवल उपमहानगर-१९ मा प्यानलसहित एमाले विजयी लुम्बिनी प्रदेशसहित यी स्थानमा वर्षाकाे सम्भावना, भाेलि हावाहुरी चल्नसक्ने दाङको बङ्गलाचुलीमा गठबन्धन दल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस १६९ मतले पछाडी तिनाउमा गठबन्धनलाई हराउँदै बहुमत वडासहित एमालेको जित लुम्बिनी भ्रमणले नेपाल–भारत सम्बन्ध अझ मजबुत बनाउने छ : भारतीय प्रधानमन्त्री मोदी तिलोत्तमामा एमालेका चापागाइँ र कांग्रेसका खाँणबीच कडा प्रतिष्पर्धा