ताजा अपडेट »

चौथो वार्षिकोत्सबमा सिटिजन लाईफद्वारा ८० युनिट रगत संकलन

सोमबार, ०८ कार्तिक २०७८, ०८ : ४८
2 Shares

बुटवल। सिटिजन लाईफ इन्स्योरेन्स क.लि.बुटवल शाखाले आफ्नो चौथो वार्षिकोत्सबको सु-अवसरमा बुटवलमा रक्तदान कार्यक्रम गरेको छ।कम्पनीले चौथो वार्षिकोत्सबको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा आइतबार सिटिजन लाईफ इन्स्योरेन्स बुटवल शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

कोरोना माहामारिको समयमा रगतको अभाव भएर कोहि कसैले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उदेश्यका साथ रक्त सञ्चार केन्द्र बुटवलको सहकार्यमा ८० जनाले रक्तदान गरेको सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बुटवल शाखाका शाखा प्रमुख पुर्णचन्द्र सुवेदीले जानकारी दिए ।

कोरोना कहरका बिच रगतको अभाव भएको समयमा कम्पनिले गरेको रक्तदानले धेरैको ज्यान जोगाउन सकिने भन्दै यश कार्यका लागि सिटिजन प्रति आभारि भएको नेपाल रक्त सञ्चार केन्द्र बुटवलले जानकारी दिएको छ। रक्त सञ्चार केन्द्र बुटवलका अनुसार ८० युनिट रगत शंकलन भएकाे छ । जसमा सामाजिक अभियान्ता बुटवल शाखा प्रमुख पुर्णचन्द्र सुवेदीले ७० पटक रगत दिएकाे बताए।

उक्त कार्यक्रममा सिटिजन लाईफ इन्स्योरेन्स क.लि.मध्य र मध्यपश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेल,बुटवल एरिया प्रमुख दुर्गाराज ढकाल ,भैरहवा एरिया प्रमुख नरेश सिक्देल ,बर्दघाट शाखा प्रमुख मनोज सुवेदी , बुटवल शाखा प्रमुख पुर्णचन्द्र सुवेदी,फर्साटिकर शाखा प्रमुख युवराज तिवारि,वेलवास शाखा प्रमुख योगेन्द्र रायमाझी एवम् यस कार्यक्रमका संयोजक बोम बहादुर थापा ज्यु र यस क्षेत्रका सम्पूर्ण लिडर्सहरुको सक्रियतामा सम्पन्न भएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।