ताजा अपडेट »

अमेरिकाबाट एकलाख मात्रा खोप आज काठमाडौँ आइपुग्ने

सोमबार, ०८ कार्तिक २०७८, ०८ : १५
6 Shares

काठमाडौँ । अमेरिकाले नेपाललाई अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको थप एक लाख ६२० मात्रा फाइजर खोप आज काठमाडौँ आइपुग्ने भएको छ ।यहाँस्थित अमेरिकी दूतावासले आइतबार ट्वीट गर्दै सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्ने बताएको थियो ।

अमेरिकाको फाइजर-बायोएनटेक कम्पनीद्वारा उत्पादित कोभिड-१९ विरुद्धको फाइजर खोप आए लगत्तै ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाउने तयारी स्वास्थ्य मन्त्रालयको छ।यसअघि गत असारमा अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।