२१ मंसिर २०७८, मंगलवार

Dec 7, 2021

एजेन्सी । अमेरिकाले अफगानिस्तानको केन्द्रीय बैंकको रोक्का गरेको रकम तत्काल फुकुवा नगर्ने संकेत देखाएको छ ।  खजना तथा भण्डारणसम्बन्धी अमेरिकी सहायकमन्त्री वाली एडीएमोले अमेरिकामा रोक्का भएको अफगानिस्तानको केन्द्रीय बैंकको रकममा तालिवानलाई पहुँच दिने बारेमा सरकारले तत्काल केही नसोचेको बताएका हुन् ।  

Advertisement

‘तालिवानबिरुद्ध अमेरिकी प्रतिबन्ध अहिले पनि अपरिहार्य देखिन्छ । तर, अफगानी जनतालाई मानवीय सहयोगको पनि खाँचो छ । त्यसो भन्दैमा अमेरिकाले रोक्का गरेको रकम तत्काल फुकुवा हुँदैन्, ’ मन्त्री एडीएमोले भने । 

देशबाहिर रहेको अफगानिस्तान केन्द्रीय बैंंकको ९ अर्ब डलरभन्दा बढी रकममा अमेरिकाले लगाएको रोक्का फुकुवा गर्न तालिवानले अमेरिकी सरकारसँग अनुरोध गर्दै आएको छ । देशमा आर्थिक संकट निम्तिएको भन्दै रोक्का गरिएको रकम तत्काल फुकुवा गर्न तालिवानले अनुरोध गरेको हो । 

अमेरिकी गठबन्धन सेना २० वर्षपछि काबुलबाट फर्किने निर्णय गरेसँगै तालिवानले १५ अगस्टमा अफगान सत्ता कब्जा गरेको थियो । अफगानिस्तानमा मानवीय संकट चुलिइरहेका बेला अफगान बैंकको रकम फुकुवा गर्न अमेरिकामाथि अन्तर्राष्ट्रिय समुदायको दबाब बढेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

काँग्रेस केन्द्रिय सदस्यकामा लुम्बिनीका ऊर्जा, जलस्रोत मन्त्री रानाको उमेद्वारी झापामा वर्षमा आठ सय बढी हराउँछन्, मान्छे हराउँदा आधा मात्र भेटिन्छन् राष्ट्रियसभा निर्वाचन कार्यतालिका : २० पुसमा मनोनयन, ५ दिनपछि अन्तिम नामावली, ६ घण्टा मतदान सभापतिको साझा उम्मेदवार चयन गर्न चाक्सीबारीमा पौडेल-कोइराला समूहको बैठक सुरु इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३४ को मृत्यु सीमा नाकामा ओमिक्रोनको त्रास : भारतबाट भित्रिनेहरू विशेष निगरानीमा ओमिक्राेन बिरामीले भरिए अस्पताल मालीमा भएको आतङ्कवादी हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदद्वारा निन्दा राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा तीन जोनका लागि रु पाँच करोड विनियोजन न्यानो घर निर्माणमा आर्थिक अभाव कमल थापालाई पार्टी फुटाउन पाथीभारा देवीको कसम बाधक ! कांग्रेस महाधिवेशन : १३ पदाधिकारीसहित एक सय ३४ जना निर्वाचनबाट चुनिँदै नारायणी नदी तटबन्धनका लागि पाँच अर्ब जुटाइँदै, भरतपुर महानगरको सक्रियता मकवानपुरमा कोरोना विरुद्धको खोप लगाएकी महिलाको मृत्यु ओली भेट्न बालकोट जाँदै बारका पदाधिकारी, प्रधानन्यायाधीश हटाउन अनुरोध गर्ने प्रधानमनन्त्री कप प्रदेशस्तरीय टि २० : आज सिरहा र महाेत्तरी तथा सर्लाही र बाराबीच भिडन्त टर्कीमा कोरोनाको सङ्क्रमण बढ्दै, एकै दिनमा २० हजारमा संक्रमण खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु कांग्रेस महाधिवेशन : पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्ने संख्या बढ्यो