२१ मंसिर २०७८, मंगलवार

Dec 7, 2021

धनगढी । तीन दिनदेखिको अविरल बर्षाले सुदूरपशिचममा बितण्डा मच्चाएको छ । महाकाली नदीमा पानीको बहाव उच्च बनेको छ भने नदीमा आएको बाढीका कारण सयौं घर जोखिममा परेका छन् ।

Advertisement

महाकाली नदीमा अहिले पानीको बहाव पाँच लाख ३१ हजार क्यु सेट रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिद्धराज न्यौपानेले बताए । यसैगरी, कञ्चनपुरका अन्य स–साना नदी तथा खोलामा पनि पानीको बहाव बढेको र धेरै स्थानमा बस्ती नै जोखिममा परेका उनले बताए । 

कर्णाली नदीमा आएको बाढीले रानी जमरा–कुलरिया सिंचाई आयोजना अन्तर्गतको ड्याम भत्किँदा कैलालीको टिकापुर नगरपालिका र जानकी गाउँपालिका जोखिममा परेका छन् । अहिलेसम्म कर्णाली नदीको बाढीबाट ७० भन्दा बढी घरपरिवार विस्थापित भइसकेका छन् । कैलालीको खुटिया नदी, मोहना नदी लगायत स–साना नदी तथा खोलामा पानीको बहाव उच्च बनेको छ । 

बझाङस्थित सेती नदीले पनि बितण्डा मच्चाएको छ । स्थानीयका अनुसार सेती नदी र स्थानीय बाहुली खोलामा पानीको बहाव अत्याधिक बढ्दा सदरमुकाम चैनपुर जोखिममा परेको छ । सदरमुकाममा निर्माणाधीन बसपार्क समेत बगाएको छ। सुदूरपशिचममा बाढी र पहिरोमा परी अहिलेसम्म चार जनाको मृत्यु भसकेको पुष्टि भएको छ । 

कैलालीको खुटिएकाले बगाउँदा गोदावरी–८ का ३० बवर्षीय गणेश आउजी, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडामा पहिरो जाँदा स्थानीय ३० बर्षियय बिष्णु अवस्थी र उनकी ६ बर्षीया छोरीको मृत्यु भएको छ । डोटीको सायल गाउँपालिका–६ स्थित वीरबहादुर कुञ्जेडाको घरमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । 

बझाङको थलारा गाउँपालिका–४ मा पहिरो जाँदा २३ जना बेपत्ता भएको सूचना छ । बाढी तथा पहिरोमा परी दर्जनभन्दा बढी पशुचौपाया मरेका छन् भने सयौं परिवार विस्थापित भएका छन् । 

सुदूरपशिचम प्रदेश सरकारकी प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री पूर्ण जोशीले प्रभावित सबै क्षेत्रमा राहत तथा उद्धारका लागि सरकार लागि परेको बताइन् । प्राकृतिक प्रकोपपछि प्रदेश सरकारको आकस्मिक मन्त्रीपरिषद् बैठक बोलाइएको उनले बताइन् ।

यसैगरी विभिन्न स्थानमा फसेका नागरिकको उद्धारका लागि दुई वटा हेलिकोप्टर पठाएको मन्त्री जोशीले बताइन । बैतडीको ढुंगाडमा फसेका ६० जनाको उद्धारका लागि ठुलो हेलिकोप्टर त्यसतर्फ पठाएको उनको भनाइ छ ।  यसैगरी कञ्चनपुरको ब्रह्मदेउस्थित महाकाली टापुमा फसेका पाँच जना तथा कैलालीको मोहन्याल गाउँपालिकास्थित ठुलीगाढको दोभानमा फसेका दुई जनाको उद्धारका लागि पनि हेलिकोप्टर तयारी अवस्थामा रहेको मन्त्री जोशीले बताइन । मौसम अनुकुल हुनासाथै उद्धार हुने उनले बताइन । 

बझाङमा ठुलो मानविय क्षेति भएको भन्ने खबर आए पनि सञ्चारबिच्छेद हुँदा एकिन विवरण प्राप्त हुन नसकेको मन्त्री जोशी बताइन् । 

प्रतिकृया दिनुहोस्

Flash News

काँग्रेस केन्द्रिय सदस्यकामा लुम्बिनीका ऊर्जा, जलस्रोत मन्त्री रानाको उमेद्वारी झापामा वर्षमा आठ सय बढी हराउँछन्, मान्छे हराउँदा आधा मात्र भेटिन्छन् राष्ट्रियसभा निर्वाचन कार्यतालिका : २० पुसमा मनोनयन, ५ दिनपछि अन्तिम नामावली, ६ घण्टा मतदान सभापतिको साझा उम्मेदवार चयन गर्न चाक्सीबारीमा पौडेल-कोइराला समूहको बैठक सुरु इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३४ को मृत्यु सीमा नाकामा ओमिक्रोनको त्रास : भारतबाट भित्रिनेहरू विशेष निगरानीमा ओमिक्राेन बिरामीले भरिए अस्पताल मालीमा भएको आतङ्कवादी हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदद्वारा निन्दा राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा तीन जोनका लागि रु पाँच करोड विनियोजन न्यानो घर निर्माणमा आर्थिक अभाव कमल थापालाई पार्टी फुटाउन पाथीभारा देवीको कसम बाधक ! कांग्रेस महाधिवेशन : १३ पदाधिकारीसहित एक सय ३४ जना निर्वाचनबाट चुनिँदै नारायणी नदी तटबन्धनका लागि पाँच अर्ब जुटाइँदै, भरतपुर महानगरको सक्रियता मकवानपुरमा कोरोना विरुद्धको खोप लगाएकी महिलाको मृत्यु ओली भेट्न बालकोट जाँदै बारका पदाधिकारी, प्रधानन्यायाधीश हटाउन अनुरोध गर्ने प्रधानमनन्त्री कप प्रदेशस्तरीय टि २० : आज सिरहा र महाेत्तरी तथा सर्लाही र बाराबीच भिडन्त टर्कीमा कोरोनाको सङ्क्रमण बढ्दै, एकै दिनमा २० हजारमा संक्रमण खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु कांग्रेस महाधिवेशन : पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्ने संख्या बढ्यो