ताजा अपडेट »

डिएसपी भण्डारीलाई 'पूर्ण शान्ति प्रहरी पुरस्कार'

बुधबार, २० असोज २०७८, १६ : ५१
48 Shares

बुटवल । यस वर्षको पूर्ण शान्ति प्रहरी पुरस्कार कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारी प्रहरीलाई दिइएको छ । ६६ औं प्रहरी दिवस समारोहमा भण्डारीलाई राष्ट्रवासीलाई शान्ति सुरक्षाको प्रत्याभूती दिलाउन जीउ, ज्यानको प्रवाह नगरि अदम्य साहस, अटल निष्ठा र उच्च आदर्शका साथ शान्ति स्पानार्थमा पुर्याएको सहयोगको कदर गर्दै पूर्ण शान्ति पुरस्कार प्रदान गरिएको हो ।

०५२ मा पूर्व प्रहरी महानिरीक्षक पूर्णबहादुर खवास र शान्ति खवासको नाममा स्थापना गरिएको सो पुरस्कार राशी हरेक वर्ष एकजना प्रहरी कर्मचारीलाई प्रदान गरिन्छ । जोखिमपूर्ण काम गरेबापत दिइने सो पुरस्कारको राशी पदक सहित २१ हजार नगद रहेको छ । ०५२ देखी प्रहरी दिवसको अवसरमा सो पुरस्कार नियमित प्रदान गरिँदै आएको छ ।

पुरस्कार सुशील केडीया फाउण्डेशनले स्थापना गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।