५ कार्तिक २०७८, शुक्रबार

Oct 22, 2021

बुटवल । प्रतिस्थापन विधेयकमार्फत लुम्बिनी प्रदेश सरकारले बुधबार नयाँ बजेट ल्याउने भएको छ । बुधबार बस्ने लुम्बिनी प्रदेशसभाको बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बजेट पेश गर्नेछन् ।

Advertisement

एमाले नेता शंकर पोखरेल नेतृत्वको अघिल्लो सरकारले चालु आर्थिक वर्ष २०७८/७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । प्रतिपक्षी दलहरूको असहयोगका कारण बजेट पारित हुन नसकेपछि तत्कालिन सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो ।

तर, २८ साउनमा माओवादी केन्द्रका कुलप्रसाद केसी नेतृत्वमा कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद अजय शाहीसमेतको गठबन्धन सरकार बनेपछि बजेट कार्यान्वयन हुन सकेको थिएन । नयाँ सरकार गठन भएको दुई महिना पुग्न लाग्दासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन र नयाँ बजेट ल्याउन नसकेपछि सरकारको चर्को आलोचना हुँदै आएको छ ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री खड्काका अनुसार अध्यादेशबाट ल्याइएको बजेटलाई संशोधन गरेर केही नयाँ कार्यक्रम थप गरी बजेट ल्याउन लागिएको हो । ‘अघिल्लो सरकारले ल्याएको बजेटमा आफूहरूको धेरै विषययमा असहमति रहेकाले भोलि बस्ने प्रदेशसभा बैठकमा बजेट पेश गर्ने तयारी गरेका छौं’ उनले भने । अबको बजेट नयाँ योजना र कार्यक्रमसहित आउने खड्काले जानकारी दिए ।

प्रतिस्थापन विधेयकमार्फत ल्याउन लागिएको बजेटमा लुम्बिनी प्रदेश बैंक स्थापना, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम, बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रर्वद्धनका लागि बहु–साँस्कृतिक डबली निर्माण तथा निजी क्षेत्रसँगको सहकार्यमा स्थानीय कच्चा पदार्थमा आधारित मायाको चिनो तथा उपहार सामग्री उत्पादन उद्योग स्थापना लगायतका नयाँ कार्यक्रम समेटिने छन् ।

यसअघिको बजेटमा चालूतर्फ १४ अर्ब ९३ करोड र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ विनियोजन भएको थियो । बजेटको धेरै हिस्सा स्वास्थ्य, कृषि र पर्यटनमा केन्द्रित थियो ।

प्रदेश सभाको प्रमुख विपक्षी दल एमालेले भने बैठक अवरुद्ध गर्ने बताएको छ । एमालेले स्वतन्त्र सांसद अजय शाही र गत १९ वैशाखमा माओवादी केन्द्र रोजिसकेकी विमला खत्री वलीलाई आफ्ना सांसद दावी गर्दै उनीहरूलाई पदमुक्त गर्नुपर्ने मागसहित प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ । 

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

एमाले स्थायी कमिटीमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्दै मन मोतीपुर घटनामा मारिएकालाई क्षतिपूर्तिको माग आफ्ना र पहुँचवाला सञ्चार गृहलाई मात्रै बजेट वितरण गरेकोप्रति प्रकाशन समाजद्वारा लुम्बिनी प्रदेश सरकारलाई ध्यानाकर्षण किसानको आँशु रोक, पीडामा मल्हम लगाऊ नेपालकै तेस्रो ठूलो विद्युत सवस्टेशनको परीक्षण सफल रुपन्देहीमा लाखौँको अबैध काठ बरामद चितवन घटनाले उब्जिएका प्रश्नहरु अदालती मिलापत्रमा विश्वास घट्यो कोभिडबाट १ लाख २० हजार स्वास्थ्यकर्मीको मृत्यु रामपुरको छाङ्दी झरनामा पर्यटकको आकर्षण सडक विस्तारः तनहुँ खण्डमा सात हजार रुख काटिने माटाका भाँडा बनाउने कुमालेलाई भ्याइनभ्याइ स्वास्थ्यकर्मीलाई कोभिडको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य सगठनको आग्रह लयमा फर्किँदै बागलुङका पर्यटन व्यवसाय जुवाखालबाट पक्राउ परेका वडाअध्यक्ष छुटे दसैं सकियो, गाउँ रित्तियो विकास आयोजनाको प्राविधिक परीक्षणमा कर्मचारी र बजेटको अभाव चीनले आक्रमण गरे ताइवानको रक्षा गछौंः अमेरिका बाढीपहिरो पीडितका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्छौँः प्रधानमन्त्री देउवा