५ कार्तिक २०७८, शुक्रबार

Oct 22, 2021

काठमाडौँ । फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ओक्युलस सोमबार राती लगभग ६ घण्टासम्म डाउन रहे । यसले थुप्रै प्रयोगकर्तालाई असहज तुल्यायो । बिहानबाट भने यी प्लेटफर्म पुनः काम गर्न थाले । यसलाई निकै ठूलो ग्लोबल आउटेज मानिएको छ । आखिर यी प्लेटफर्म यत्तिका घण्टासम्म किन डाउन भए, कम्पनीले यसबारे जानकारी दिएको छ ।

डोमेन नेम सिस्टम (डीएनएस) का कारण फेसबुक डाउन भएको बताइएको छ । डीएनएसलाई इन्टरनेटको फोनबुक पनि भनिन्छ । यसमार्फत् जब प्रयोगकर्ताले कुनै होस्ट नेम जस्तै facebook.com लाई URL मा टाइप गर्छ तब डीएनएस यसको आइपी एड्रेसमा परिवर्तन हुन्छ । आइपी अड्रेस अर्थात् जहाँ साइट हुन्छ । यसबाहेक बीजीपी (ब्रोडर गेटवे प्रोटोकल) का कारण पनि यी प्लेटफर्ममा समस्या देखिएको बताइएको छ । बीजीपीमा आइपी अड्रेस र डीएनएस नेमसर्भरको रुट हुन्छ । यसलाई यसरी पनि बुझ्न सकिन्छ, यदि डीएनएस इन्टरनेटको फोनबुक हो भने बजिीपी यसको नेभिगेशन सिस्टम हो ।

यसको विषयमा फेसबुकको तर्फबाट भनियो, ‘ब्याकबोन राउटर जसले डेटा सेन्टर र नेटवर्क ट्राफिकबीच समन्वय गर्छ, त्यसमा कन्फिग्रेशन परिवर्तन हुँदा यस्तो भएको हो । यो नेटवर्क ट्राफिकका कारण डेटा सेन्टर कम्युनिकेशनमा असाध्यै धेरै प्रभाव पर्यो र सेवा केही घण्टाका लागि अवरुद्ध भएको थियो ।’-एजेन्सी

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

जिपलाइनमा रमाए पूर्वप्रधानमन्त्री प्रचण्ड उज्यालो लुम्बिनी प्रदेश निर्माणमा प्रयासरत : मन्त्री राना एमाले स्थायी कमिटीमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्दै मन मोतीपुर घटनामा मारिएकालाई क्षतिपूर्तिको माग आफ्ना र पहुँचवाला सञ्चार गृहलाई मात्रै बजेट वितरण गरेकोप्रति प्रकाशन समाजद्वारा लुम्बिनी प्रदेश सरकारलाई ध्यानाकर्षण किसानको आँशु रोक, पीडामा मल्हम लगाऊ नेपालकै तेस्रो ठूलो विद्युत सवस्टेशनको परीक्षण सफल रुपन्देहीमा लाखौँको अबैध काठ बरामद चितवन घटनाले उब्जिएका प्रश्नहरु अदालती मिलापत्रमा विश्वास घट्यो कोभिडबाट १ लाख २० हजार स्वास्थ्यकर्मीको मृत्यु रामपुरको छाङ्दी झरनामा पर्यटकको आकर्षण सडक विस्तारः तनहुँ खण्डमा सात हजार रुख काटिने माटाका भाँडा बनाउने कुमालेलाई भ्याइनभ्याइ स्वास्थ्यकर्मीलाई कोभिडको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य सगठनको आग्रह लयमा फर्किँदै बागलुङका पर्यटन व्यवसाय जुवाखालबाट पक्राउ परेका वडाअध्यक्ष छुटे दसैं सकियो, गाउँ रित्तियो विकास आयोजनाको प्राविधिक परीक्षणमा कर्मचारी र बजेटको अभाव