ताजा अपडेट »

आफ्नै छोराद्वारा बाबुको हत्या

मंगलबार, १९ असोज २०७८, ११ : ४२
6 Shares

पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् । स्थानीय गौवारीका ६४ वर्षीय धनलाल विकको उनैका छोरा ४५ वर्षिय राजकुमार विकले हत्या गरेका हुन् ।

घरायसी झगडाको क्रममा गएराती बाउँसो र लठ्ठीले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज बुढाथोकीका अनुसार गएराती घरमा बाबुछोरा मात्रै बसेका थिए भने मृतककी श्रीमती माईतीघर गएको बताईएको छ ।

घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएपनि काठको, ढुंगा, लठ्ठी प्रहार गरेर हत्या गरेजस्तो देखिएको डिएसपी बुढाथोकीले जानकारी दिनुभयो । मृतकको मोवाईल समेत टुक्राटुक्रा परेको छ भने भान्सामा समेत ढुंगाहरु देखिएका छन् ।

आज विहान छिमेकीले मृतक विकको शव घरको बलेसीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि घटना स्थलमा पुगेको प्रहरीले हत्याको आरोपमा मृतक विकका छोरा राजकुमारलाई पक्राउ गरेको छ ।

अहिले मृतकको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा ल्याईएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भैरहेको छ ।-

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।