४ कार्तिक २०७८, बिहीबार

Oct 21, 2021

चितवन । चितवनको भरतपुरमा सञ्चालनमा रहेका ६ मेडिकललाई स्थानिय प्रशासनले कारबाही गरेको छ । भरतपुरको चौबिस कोठीमा सञ्चालनमा रहेका ति मेडिकललाई कारबाही स्वरुप रु पाँच हजारदेखि रु तीन लाखसम्म जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालयका मुद्दा शाखाका नायव सुब्बा गोपीचन्द्र दवाडीका अनुसार कारबाहीमा पर्नेमा नवल टेन्टल क्लीनिक, भरतपुर पोलिक्लीनिक, नवल पोलिक्लिनिक, मिराकल फर्मा, रिजन फार्मेसी र अपोलो टेन्टल छन् । उपभोक्ता संरक्षण विभागले तोकेको बजार निरीक्षण अधिकृत सहायक प्रमुख जिल्ला अधिकारीले ती संस्थालाई कारबाही गर्नुभएको हो । सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माका अनुसार नवल टेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक र नवल पोलिक्लिनिकलाई रु तीन/तीन लाख जरिवाना गरिएको छ ।

मिराकल फर्मालाई रु दुई लाख ५० हजार, रिजन फार्मेशिलाई रु २० हजार र अपोलो डेन्टल क्लीनिकलाई रु पाँच हजार जरिवाना तोकिएको उनले जानकारी दिए । मापदण्ड पूरा नगरेको, खरिद बिक्री बिल नराखेको, दक्ष जनशक्तिको नियुक्त र शैक्षिक प्रमाणपत्र नराखेको, बढी मूल्यमा बिक्री गरेको, समय सकिएका औषधि छुट्टै नराखि एकै ठाउँमा राखेको, अनुमति नलिई सञ्चालन गरेकोलगायत कारण उनीहरुलाई कारबाही गरिएको शर्माले बताएयो । चाड पर्वको समयमा स्थानीय प्रशासनले अनुगमनलाई तीव्र पारेको छ । -रासस

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

प्रचण्डले फेरि पूर्ण समानुपातिक निर्वाचन प्रणाली भन्नुको अर्थ के ? पूर्वप्रधानमन्त्री ओलीकाे कुरा सुन्दा करिश्मालाई आनन्द बढ्यो सुनको मूल्य बाढीपहिरोको अनुगमन गरेर थप राहतको व्यवस्था हुन्छः प्रधानमन्त्री महिला मेयर कप : राष्ट्रिय खेलाडी प्रेरित बागमतीको विजयी सुरुआत बाग्मती प्रदेशसभाको बैठक अन्याेलमा, एमाले सांसद अनुपस्थित हुने सीडीओ र एसपी तासमा मग्न भिडियो सार्वजनिक भएपछि… अवरुद्ध सिद्धार्थ राजमार्ग चालु नाम्खाको तुम्लिङमा फसे चार विदेशीसहित १२ जना बुटवलमा काटेर राखिएका ३० हेक्टर क्षेत्रफलको धान बाली क्षेति पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको कमला नदी पुलको अर्को स्पान पनि भासियो ‘सन् २०२२ सम्म कोभिड महामारी’ पुरानै लयमा फर्किदै छ बेनी बजार विश्वकै सबैभन्दा लामो लकडाउन आजदेखि खुल्दै हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख धान डुब्यो, गहुँ लाउने आश मर्‍यो बुद्धको महापरिनिर्वाण भएको कुशिनगरमा अन्तर्राष्ट्रिय विमानस्थल भारतमा नौ महिनामा एक अर्बले लगाए खोप नेपाली फिल्म ‘एक्सन नाइन’मा सुनिल शेट्टीको इन्ट्री महिला मेयर कप आजबाट, उद्घाटन खेलमा महालक्ष्मी र बागमती भिड्दै