९ कार्तिक २०७८, मंगलवार

Oct 26, 2021

काठमाडौँ । सरकारले चालू आवमा पाँच लाख १८ हजार मेट्रिकटन रासायनिक मल आयात गर्ने भएको छ । गत वर्षको तुलनामा करिब एक लाख भन्दा बढी मल आयात गर्न लागिएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । मलखाद व्यवसायी सङ्घ नेपालको पाँचौँ साधरणसभा तथा दोस्रो महाधिवेशनमा यहाँ आज आयोजित कार्यक्रममा कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यले मल आयातमा गत वर्ष रु १० अर्ब ५० करोडको अनुदान दिइएकामा यसवर्ष रु १२ अर्बको अनुदान दिन लागिएको जानकारी दिए ।

अर्का सचिव डा गोविन्द शर्माले कृषि उत्पादनमा आवश्यक रहेको मल वितरण प्रक्रियामा निजी क्षेत्रको संलग्नता रहेपनि मूल्य निर्धारणमा एकरुपता नरहेको भन्ने गुनासो आएकोमा चिन्ता व्यक्त गरे । सरकारले तोकेको मूल्यमा व्यवसायीले किसानको खेतबारीमा मल पुर्याउनुपर्नेमा उनले जोड दिए ।

सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडमार्फत मल भारतलगायत अन्य मुलुकबाट आयात गर्ने व्यवस्था छ । किसानको पहुँचमा मल पुर्याउन यी संस्थाले केही सहकारी र निजी क्षेत्रका व्यवसायीलाई मल बिक्री गर्ने गर्दछन् । साल्ट ट्रेडिङ कर्पोरेशन, कृषि सामग्री कम्पनीलगायत संस्थाका प्रतिनिधिले मलको सुरक्षित भण्डारण गर्न नसकेमा त्यसको गुणस्तरमा समस्या आउने उनले बताए ।-रासस

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

सुस्तामा नेपाल–भारत सीमा छुट्टयाउन माग एमाले पालिका अधिवेशन : यस्तो छ पाल्पाका आठ स्थानीय तहका नेतृत्व एमाले महाधिवेशन : शुद्धोधनमा गौतम प्रेस सेन्टर दाङको अध्यक्षमा शर्मा स्वाधिनताको रक्षा अबको ‘मिशन’ : महरा एमाले महाधिवेशन : बुटवल उपमहानगरको अध्यक्षमा ज्ञवाली मंसिरभित्रै महाधिवेशन गर्ने गरी अर्को कार्यतालिका बनाउन देउवाको निर्देशन एमाले महाधिवेशन : लुम्बिनी सांस्कृतिक नगरपालिका अध्यक्षमा अहमद एमाले महाधिवेशन : सैनामैना नगर अध्यक्षमा न्यौपाने सर्वसम्मत बुटवलबाटै लुम्बिनी प्रदेश सरकार सञ्चालन रुपन्देहीमा ३ लाख बढीका अवैध पटाका बरामद बढी संक्रमित हुनेमा पत्रकार : महासचिव पुरी पीडितलाई घरमै पुगेर राहत वितरण प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने आधार छन्, तर माओवादीले सोचेको छैन: बिडारी प्रधानन्यायाधीशमात्र होइन पाँचै न्यायाधीशलाई कारबाही हुनुपर्छ : एमाले नेता बडाल कांग्रेस प्रधानन्यायाधीशको राजीनामा र महाभियोगको पक्षमा छैन : भट्टराई भिरबाट लडेर एक जनाको मृत्यु मुटुरोगी पार्वतीको पीडा : ६ लाख उपचार खर्च कहाँबाट ल्याउनु ? न्यायालयमा साँढेको जुधाइ, बाच्छाको मिचाइ राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनीमा पराजुली