ताजा अपडेट »

गुल्मीमा ३ वर्षीया बालिका मृत फेला

आइतबार, २७ भदौ २०७८, १० : ५०
6 Shares

गुल्मी । गुल्मीमा ३ वर्षकी बालिका मृत फेला परेकी छन् । जिल्लाको मदाने गाउँपालिका वडानम्बर–२ भेडिखोर निवासी ३ वर्षकी आयुशा पोखरेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रदास पाण्डेले बताए ।

बालिक शनिवार बिहान ११ बजे घरबाट खेल्ने क्रममा हराएकी थिइन् । उनलाई आइतवार बिहान प्रहरी र स्थानीयले खोज्ने क्रममा घरदेखि ५ सय मिटर पर खोल्सामा मृत फेला पारेको (डिएसपी) पाण्डेले बताए ।

घटना स्थल तर्फ इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरिक्षककको टोली खटिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।