२० आश्विन २०७९, बिहीबार

Oct 6, 2022

बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिका-४ पटौटीस्थित पटौटी स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ  । अर्घाखाँची दिगो विकास केन्द्र काठमाडौंको सहयोग तथा नेपाली कांग्रेस पाणिनी-४ पटौटिको समन्वयमा उक्त अक्सिजन कन्सन्ट्रेटर शुक्रबार नेपाली कांग्रेसका महासमिति सदस्य द्वय डा. जयबहादुर टन्डन र डा. मुक्ति प्रसाद श्रेष्ठको आथित्यतामा हस्तान्तरण गरिएको हो ।

Advertisement

अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर आए सँगै विरामीको उपचार तथा हेरचाहमा थप सेवा मिल्ने जनाईएको छ । कोरोना महामारीको यो विषम परिस्थितिमा अक्सिजनको अभावले कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्वेश्यले सहयोग गरेको डा. टन्डनले बताए । प्रदान गरिएको अक्सिजन कन्सन्ट्रेटरले वातावरणीय रुपमा नै अक्सिजन उत्पादन गर्ने भएकोले उपयोगको लागि अत्यन्तै सहज भएको डा. श्रेष्ठले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य तथा वरीष्ठ नेता श्याम नाथ काश्यप, नेपाली कांग्रेस वडा सभापति धर्मराज घिमिरे लगायत क्षेत्रीय प्रतिनिधि नारायण हरि घिमिरे, शालिकराम घिमिरे, विनोद घिमिरे, ठाकुर घिमिरे लगाएत पटौटीका सबै राजनैतिक दलहरुको समेत उपस्थिति रहेको थियो । उक्त सहयोग प्रदान गर्ने डा. जय बहादुर टण्डन र डा. मुक्ति श्रेष्ठलाई स्वास्थ्य चौकीको तर्फबाट अ.हे.ब चन्द्रमणी भट्टराईले धन्यवाद दिएका थिए ।

कार्यक्रम पाणिनी-४ का वडाध्यक्ष थानिश्वर घिमिरेको अध्यक्षता र स्वास्थ चौकीका सि. अ.हे.ब गणेश प्रसाद घिमिरेको सन्चालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

आज पनि टीका लगाइँदै आजको मौसम: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा धेरै वर्षा हुने सन्दीप लामिछाने आज बिहान १० बजे काठमाडौँ आइपुग्ने रुपन्देहीकी युवा नेतृ २१ वर्षीया झरना चौधरीको दुर्घटनामा मृत्यु गुल्मीको मुसीकोटस्थित दरबार कोटको मेला (तस्वीरमा ) राम बन्न डराएका थिए प्रभास दशैं मनाउन मामाघर हिँडेका अर्घाखाँचीका १० वर्षीय समिरलाई खोलाले बगायो इन्टरनेट जडान गर्ने क्रममा २४ वर्षीय निलमको मृत्यु जीपको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते नेपाल थाइल्यान्डसंग पराजित तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी राष्ट्रपतिले लगाइदिइन् सर्वसाधारणलाई टीका आधुनिक घट्टले खुड्खुडीमा फेरियाे दैनिकी मिसाइल प्रक्षेपण असफल भएकोमा दक्षिण कोरियाले माग्यो माफी हिमपहिरोमा परी चार जनाको मृत्यु जसपाका केन्द्रदेखि नगरसम्मका नेताले गरे सामुहिक राजीनामा मांसाहारीबाट शाकाहारी बनेका यी हुन् बलिउड अभिनेता-अभिनेत्री नातिनीको स्याहार पाउने १०१ वर्षीय भाग्यमानी बाजे ! मधेशमा महिला हिंसा : घटनाकाे ग्राफ बढे पनि उजुरी बढेन भगवती मन्दिरमा चढाइयो ६ सय ६९ राँगाको बलि