१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

भैरहवा । जनता समाजवादी पार्टी, नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले निर्वाचन प्रणालीमा प्रयाप्त सुधार गर्नुपर्ने आवश्यकता औल्याएका छन् । जनता समाजवादी पार्टी, नेपालले भैरहवामा आयोजना गरेको कायकर्ता अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले अहिलेको निर्वाचन प्रणाली महङो भएकोले यसलाई बदल्नु पर्ने बताउँदै सिमान्तकृत वर्ग र गरिब नागरिक समेत लड्न सक्ने समानुपातिक निर्वाचन प्रणाली अगाडी बढाउनु पर्नेमा जोड दिए ।

Advertisement

यादवले लामो लडाई लडेर प्रतिगमनकारीलाई परास्त गरेको र लोकतन्त्रको रक्षा गरेको जिकिर गरे । उनले लामो लडाईबाट प्राप्त भएका उपलब्धिहरुलाई जोगाउन कार्यकतालाई अनुरोध गरे । भाषणको सुरुमा हिन्दीमा गर्ने कि नेपालीमा गर्ने बिषयमा अन्यौल देखिएका यादवले कार्यकर्ताको राय लिएका थिए । अधिकांश कार्यकर्ताले हिन्दी भाषामै जोड दिए पछि हिन्दीकै बोल्दै उनले कसैले भाषा नबुझे हात उठाएर सोध्न पनि आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै यादवले संविधान अहिले पनि त्रुटिपूर्ण रहेको हुँदा यसमा सुधारको कुरा उठाए । उनले ७ वटा प्रदेशको संरचनालाई बदल्नु पर्ने बताए । उच्चस्तरिय राज्य पुर्नसंरचना आयोगले दिएका सुझाव अनुसार १० प्रदेश वा १० जोड १ प्रदेश उत्तम रहेको सुझाव दिए ।

यादवले नेपाल भित्र जन्मेका हरेका नागरिकले नागरिकता पाउनु पर्ने धारणा राखेका छन् । यादवले नेपालको नागरिक हिमालमा जन्मे पनि, पहाडमा जन्मे पनि र तराईमा जन्मे पनि उ नेपाली नागरिक भएको बताए । अहिलेको नागरिकता कानूनमा बिभेद भएको कारण सो कानून पनि संशोधन गर्नु पर्ने उनले धारणा राखे । नागरिकसम्बन्धि मस्यौदा आफुहरुले गरे पनि त्यो संसदमै अड्किएको उनले बताए ।

जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेशको समन्वयमा भएको कार्यक्रममा पार्टीका वरिष्ठ नेता अशोक कुमार राईले कार्यकर्तालाई योजनावद्ध, उत्साहपूर्ण, सक्रिय र बुद्धिमतापूर्ण तरिकाले अगाडी बढे आगामी चुनावमा राम्रो परिणाम ल्याउने भएकोले कार्यकर्तालाई सोही अनुसार अगाडी बढ्न अनुरोध गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर