२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

दाङ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वलीले पदबाट राजीनामा दिएका छन् । वलीले आईतबार कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी पदबाट राजीनामा घोषणा गरेका हुन्।

विगत एक वर्षदेखि काम गर्ने बातावरण नभएको भन्दै उनले राजीनामा दिनु परेको बताए । २०७४ सालमा भएको नवौँ अधिवेशनबाट आफु नेतृत्वको कार्यसमितिको पदावधी सकिएको १७ महिना पुगिसक्दा पनि निर्वाचन गराउनुको साटो कार्यसमितिबाटै असहयोग हुनुको साथै आफनो चरित्र हत्या गर्न खोजीएको आरोप लगाउँदै उनले राजीनामाको घोषणा गरेका हुन् ।

कार्यअवधी सकिए पनि काम चलाउको रुपमा काम गर्ने बातावरण नहुनु, कार्यसमिति भित्रबाटै आफुलाई सिध्याउने षड्यन्त हुनु, भ्रष्टाचारको बिल्ला लगाउन खोज्नु, संस्थाको तहसनहस र लथालिङग बनाउन खोज्नु, आफु पनि काम नगर्ने र अरुलाई पनि काम गर्ने बातावरण निर्माण हुनु नदिनु, गलत प्रचार गदै आफनो बदनाम गर्न खोज्नु र उपभोक्ताहरुको हक र अधिकारलाई वेवास्ता गर्दै अराजक तत्वहरुले व्यक्तिगत स्वार्थले गर्दा संस्थालाई नै ध्वस्त बनाउन खोज्नु लगायतका कारणले आफु अध्यक्ष पदमा बसीरहन उचित नभएकाले नैतिकताको आधारमा राजीनामा दिएको र कार्यसमिति विघटन भएको पनि उनले पत्रकार सम्मेलनमा घोषणा गरेका हुन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रचण्डले चितवन–३ छाडे, गोरखा–२ बाट निर्वाचन लड्ने एमाले लुम्बिनीमा ११ जिल्लाका उम्मेद्वारको टुङ्गो, यस्तो छ नामावली पश्चिम नवलपरासीमा निर्वाचन अधिकृतको कार्यालय एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित झाडापखाला, हैंजा र डेंगुबाट बच्न आग्रह