ताजा अपडेट »

बुटवलका १९ सहित रुपन्देहीमा थपिए ५५ संक्रमित

शनिबार, ३० साउन २०७८, १७ : ५५
6 Shares

बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा ५५ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा १०२ जनाको कोरोना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा ५५ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका १९, तिलोत्तमा नगरपालिकामा १७ जना, सिद्धार्थनगर नगरपालिकामा ९ जना, सैनामैना नगरपालिकामा ७ जना, कन्चन गाउँपालिकामा २ जना र मायादेवी गाउँपालिकामा १ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा कसैको पनि मृत्यु भएको छैन् । हालसम्म जिल्लामा ५१७ जनाको कोरोनाबाट मृत्यु भएको कार्यालयले जनाएको छ । जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ४४२ रहेको छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।