१ कार्तिक २०७८, सोमबार

Oct 18, 2021

काबुल । विद्रोही तालिवान लडाकूले अफगानिस्तानको अर्को प्रान्तीय राजधानी पनि नियन्त्रणमा लिएको दाबी गरेका छन् । रणनीतिक दृष्टीकोणले महत्वपूर्ण र अर्थपूर्ण मानिने घाज्नी प्रान्तको प्रान्तीय राजधानी घाज्नी शहर नियन्त्रणमा लिएको लडाकूले बिहीबार जानकारी दिएका छन् । घटनास्थल राजधानी काबुलदेखि १५० किलोमिटर टाढा पर्दछ । योसँगै तालिवान लडाकूले अफगानिस्तानमा अहिलेसम्म १० प्रान्तीय राजधानी कब्जा गरेको दाबी गरेका छन् । पछिल्लो चरणमा विद्रोही लडाकूले एक हप्तादेखि विभिन्न प्रान्तीय राजधानी नियन्त्रणमा लिने कार्यलाई तीव्रता दिएका छन् ।

Advertisement

लडाकूले घाज्नी सहर नियन्त्रणमा लिएका छन्, एक अधिकारीले पत्रकारसँग भने । उनका अनुसार घटनास्थलमा लडाकू र सरकारी सुरक्षाकर्मीका बीचमा अहिले पनि भीडन्त भइरहेको छ । सरकारले अफगानिस्तानका धेरै ठाउँमाथिको नियन्त्रण गुमाउदै गएको छ । विषेश गरेर देशको उत्तरी र पश्चिमी क्षेत्रमा तालिबान लडाकूले आफ्नो पकड बढाउदै लगेका हुन् ।

अफगानिस्तानको सुरक्षामा द्रुतरुपमा देखिएको गिरावटको मुख्य कारण अमेरिकी सेनाको हतारमा भएको फिर्ती नै हो । तर अमेरिकी राष्ट्रपतिले भने सेना फिर्ता गरेकोमा पछुतो नभएको बताए । अफगानिस्तानमा तालिबानले लगातार एकपछि अर्को शहर नियन्त्रणमा लिइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त देशबाट अमेरिकी फौज फिर्ता गर्ने आफ्नो निर्णयप्रति पछुतो नभएको बताए ।

यद्यपि राष्ट्रपति बाइडेनले अफगानिस्तानका लागि संघर्ष गर्नका लागि अफगान नेतालाई एक हुन आह्वान गर्नुभएको छ । बीस वर्षपछि अमेरिकी नेतृत्वको विदेशी फौजले अफगानिस्तान छाडेपछि त्यहाँ देशैभरि हिंसा बढेको छ ।तालिबानले देशका ३४ वटा प्रान्तीय राजधानीमध्ये अरु शहरलाई पनि नियन्त्रणमा लिने प्रयासका साथ लडाइँ जारी रहेको जनाएको छ ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

बाढीले डाइभर्सन बगायो, पुर्व–पश्चिम राजमार्ग अवरुद्ध दुई दिनको वर्षाले धानबाली नष्ट, काटेर राखेका धान पनि खेतमै डुब्यो भित्र्याउने बेलाको रुपन्देहीको धानबालीमा वर्षाले क्षति, क्षतिको विवरण आउन बाँकी जेम्स बोन्डको सम्पत्ति सन्तानले नपाउने प्रकृतिसँग रमाउन सिद्धबाबाधाम मनकामनामा बस दुर्घटना : ३० घाइते, १० को अवस्था गम्भीर बजारमा गोलभेडाको मुल्य बढ्दा साना किसानको टनेलबाटै खोसाखोस सुविधा मात्रै लिएर बित्यो चार वर्ष, भूमिकाविहीन जिसस अभिषेक, दर्शन, मनिष र आयुष सम्मिलित यू–२३ टोलीकाे घोषणा हिन्दू मन्दिर तोडफोड, मुसलमानको ज्यादतीबिरुद्ध भोक हड्ताल घोषणा आईसीएफसी फाइनान्सको १०% बोनस सेयर र ४% नगद लाभांश घोषणा गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी : १० स्थायी दरबन्दी १ कर्मचारी श्रीमतीको लौरो प्रहारबाट श्रीमानको ज्यान गयो,श्रीमती गम्भिर घाइते रुपन्देही आउन लागेका गृहमन्त्री खाँण काठमाण्डौंमा रोकिए स्वदेश फर्कियो साफ उपविजेता नेपाली टोली पानीले खर कुहिएपछि किसान मर्कामा हिमाली भेगमा यसरी हुँदैछ बलिवुड चलचित्र उँचाईको छायांकन टी-ट्वान्टी विश्वकपमा आज पनि दुई खेल सुकाएको खर पानीले कुहिएपछि किसान मर्कामा नेपाली युवकको मलेसियामा मृत्यु