ताजा अपडेट »

गाउपालिका अध्यक्षको गाडीमा आगजनी

आइतबार, २६ साउन २०७६, ११ : ०२
6 Shares

साउन २६,

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा शनिवार राति साढे १० बजेतिर आगजनी भएको हो ।

आगजनी किन र कसले गर्‍यो भन्ने थाहा नभएको अध्यक्ष चौधरीले बताए । आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ । कपिलवस्तु नगरपालिकाको दमकलले आगो निभाएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।