३ आश्विन २०७८, आईतवार

Sep 19, 2021

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले चाँडो सरकारलाई पूर्णता दिनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा पूर्व अर्थमन्त्री डा.महतले सरकार गठन भएको लामो समय बितिसक्दा पनि सरकारले पूर्णता पाउन नसक्नु दुःखद् भएको बताए । “सरकारलाई पूर्णता दिन ढिलाइ भयो, सरकार गठन भएको लामो दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेन, सत्ता गठबन्धन दलसँग सहकार्य गरेर चाँडो मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्छ”, उनले भने ।

पूर्वअर्थमन्त्री डा. महतले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्नका लागि नयाँ पूर्ण बजेट ल्याउनुपर्ने बताए । अध्यादेशमार्फत ल्याइएको बजेटले देशको आन्तरिक र बाह्य दुवै ऋणलाई बढाएको उनको भनाई थियो । डा. महतले अब ल्याइने नयाँ बजेटले प्रशासकीय खर्च पनि घटाउनेतर्फ सरकारको ध्यान जानुपर्ने उल्लेख गरे ।

भूमिहीन व्यक्तिलाई भूमि दिने कुरामा सरकारले उचित निर्णय लिने भन्दै भूमि आयोग खारेज गर्नु स्वागतयोग्य निर्णय भएको उनको भनाई थियो । फरक प्रसङ्गमा डा. महतले काँग्रेसको क्रियाशील सदस्यता टुङ्गो लाग्न नसक्दा पार्टीको १४औँ महाधिवेशन तोकिएको समयमा हुन नसक्ने बताए । रासस

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

अष्ट्रेलियाको मेलबर्न शहरमा लकडाउन हटाइँदै तिलोत्तमाको राममणिमा अभिमुखीकरण नेकपा (मसाल) प्यूठानका संस्थापक गुरुङको निधन जबरजस्ती करणीको मुद्दा दर्ता गर्ने धम्कीसहित १८ लाख असुल्ने तीन महिला पक्राउ बुद्धभूमि नेपाल हाइड्रोपावरले सर्वसाधारणलाई शेयर जारी गर्ने पूजाको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट हुँदा एकको मृत्यु ओमानविरुद्ध नेपालले टस जित्यो, बलिङ गर्ने बंगलादेशमा ५० लाख कोरोना विरुद्धको चिनियाँ खोप पुग्यो स्क्रब टाइफसका बिरामी बढ्दैः २५ जनामा सङ्क्रमण संविधानमा वातावरणीय चासो पर्यटकीयस्थल रौतासम्म जोड्ने ग्रामीण सडकको स्तरोन्नति सुरु खोटाङमा आठ जनामा डेङ्गु सङ्क्रमण पोखरा उडानले पर्यटन व्यवसायी उत्साहित भारतमा थप तीस हजार ७७३ नयाँ सङ्क्रमित अफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह सङ्क्रामक रोगको जोखिममा कैदीबन्दी सोलार मिनिग्रिड चलेसँगै थवाङ झिलिमिली जुम्लामा खाद्य कम्पनीको सुपथ पसल सञ्चालन इन्द्रजात्राको रौनक, स्वास्थ्य मापदण्ड पालनामा चुनौती छाडा गाईको बिजोक