ताजा अपडेट »

पाल्पाको रामपुरमा एमालेको दुई दिने प्रशिक्षण कार्यक्रम

सोमबार, २८ फागुन २०८०, ०८ : ३३
62 Shares

पाल्पा । पाल्पाको रामपुरमा नेकपा एमालेको दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । एमाले रामपुर नगर कमिटीद्वारा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् स्कुल विभाग उपप्रमुख दलबहादुर गुरुङले सहजीकरण गरेका थिए ।

उनले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई उद्यमशीलतासँग जोड्नु पर्ने बताए । सोही विषयमा नेकपा एमालेले आफ्ना नेता तथा कार्यकर्तालाई प्रशिक्षणका लागि विषयवस्तु तय गरि अघि बढेको उनले सहजीकरणका अवसरमा बताए । रुपन्देही स्कुल विभागका प्रमुख युवराज घिमिरेले माक्सवाद र जबज एवम् बैठक सञ्चालन विधि सम्बन्धि सहजीकरण गरेका थिए ।

केन्द्रीय सल्लाहकार परिषदका सदस्य युवराज खनालले प्रशिक्षणले नेता र कार्यकर्ताहरुलाई बैचारिक बनाउँदै लैजानुपर्ने बताउँदै यस्ता प्रशिक्षण निरन्तर सञ्चालन गर्न आवश्यक रहेको समेत बताए ।
प्रशिक्षण समापन कार्यक्रममा पाल्पा क्षेत्र नम्बर १ बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य नारायण आचार्यले  रामपुर क्षेत्रको एकीकृत विकासमा आफ्नो पार्टी र आफू निरन्तर गतिशील हुने बताए । उनले प्रशिक्षणमा उठेका पार्टीसँग सम्बन्धित सवालहरुको सहजीकरण गरेका थिए ।

एमाले ल्लिा सचिव भोजराज  पोखरेलले जिल्ला कमिटीले गरेका निर्णय सुनाउँदै पार्टीका नेता, कार्यकर्ताले आलोचना सहने क्षमता विकास गर्नुपर्नेमा जोड दिए । उक्त कार्यक्रममा जिल्ला कमिटी उपसचिव दीपक विक, नगर कमिटी अध्यक्ष विष्णुप्रसाद रेग्मी, नगर कमिटी सचिव कीर्तिनाथ श्रेष्ठ लगायतले प्रशिक्षण प्रभावकारी रहेको र व्यवहारिक रुपमा प्रयोग गर्न सबै सहभागीहरुले प्रतिवद्वता जाहेर गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।