ताजा अपडेट »

टिभिएसको ब्लूटूथ जडित एनटर्क- १२५ सुपरस्क्वाड स्कूटर बुटवल र भैरहवामा एकैसाथ लञ्च

बुधबार, २० साउन २०७८, १९ : ०३
2 Shares

बुटवल । टिभिएस मोटर कम्पनीले बिएस-भिआई कम्प्लायन्सको टिभिएस एनटर्कको- १२५ सीसीको स्कुटरलाई बुटवलमा लञ्च गरिएको छ । नेपाल मै पहिलो ब्लुटुथ जडान गरिएको स्कूटर बुटवलको बालाजी अटोमोबाईल शोरुममा बुधबार एक कार्यक्रमकाबीच ब्रान्ड एम्बेसेडर तथा नेपाली फिल्मीका चर्चित कलाकार प्रदीप खड्का र स्वस्तिमा खड्काको उपस्थितीमा लञ्च गरिएको हो ।

शोरुमका सञ्चालक विशाल जयसवालले बिएस, भिआई कम्प्लायन्सको टिभिएस एनटर्कको १२५ सीसीको स्कुटरलाई प्रस्तुत गर्न पाउँदा खुशी लागेको बताए । उनले ब्लुटुथ जडान सहित भएकाले युवावर्गलाई थप आकृषण गर्ने विश्वास व्यक्त गरे । लन्चको पहिलो दिनमै ४ वटा स्कुटर विक्रि भईसकेको उनले बताए ।

स्कुटरमा स्मार्ट कनेक्टलेफुल्ली डिजिटल स्पिडोमिटर, नेभिगेशन एसिस्ट, टप स्पीड रेकर्डर, ईन–बिल्ट ल्याप–टाईमर, फोन ब्याट्री स्ट्रेन्थडिस्प्ले, लास्टपार्क लोकेशन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र स्ट्रिट स्पोर्ट लगाएतका मल्टि राईड स्टाटिस्टिक मोड जस्ता सुविधालाई समटिएको छ । टिभीएस एनटर्क १२५ पाँच भेरिएन्ट, डिसक, ड्रम, रेस एडिसन, रेडिसन र सुपरस्क्वाड एडिसनमा पनि उपलब्ध रहेको शोरुमले जनाएको छ।

स्कुटी म्याट रेड , मेटालिक ग्रे , मेटलिक रेड , मेटलिक निलो रंमा उपलब्ध रहेको छ । यसको बजार मूल्य २ लाख ७७ हजार ९०० रहेको छ । सो अवसरमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसज, नाटोका अध्यक्ष जिवन अधिकारी लगाएतको उपस्थिती रहेको थियो । यस्तै उक्त स्कुटर भैरहवामा पनि लञ्च गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।