ताजा अपडेट »

गुल्मीका विद्यालयमा चाइना फाउण्डेशनद्वारा शैक्षिक सामग्री वितरण

शुक्रबार, १५ साउन २०७८, २१ : १९
6 Shares

गुल्मी । चाइना फाउण्डेशनको सहयोगमा राष्ट्रिय अपाङ पुर्नस्थापना समाज काठमाडौंले गुल्मीका १९ वटा विद्यालयका ३ हजार विद्यार्थीहरुलाई झोलासहितको सहितको सामग्री वितरण गरेको छ । फाउण्डेशनले पुर्वमन्त्री गोकर्णराज बिष्टको पहलमा झोलासहितको सामग्रीका उपलब्ध गराई शुक्रबार राष्ट्रिय अपाङ पुर्नस्थापना समाज र गुल्मेली सहयोगी हातहरु नामक सामाजिक संस्थाको टोलीले जिल्ला १९ वटा विद्यालयका ३ हजार जना विद्यार्थीहरुलाई १ करोड १७ लाख मुल्य बराबरको झोला सहितको शैक्षिक सामग्री प्रदान गरेको हो ।

सो कार्यक्रममा गुल्मी दरवार गाउँपालिकाको राजा रुन्खादह मावि, धुर्कोट गाउँपालिकाको भगवति मावि र इस्मा गाउँपालिकाका पालुखा मावि, ठाढुङा मावि र सुन्तलादेवि निमाविका विद्यार्थीलाई झोला प्रदान गरिएको राष्ट्रिय अपाङ पुर्नस्थापना समाजका प्रतिनिधी कृष्ण प्रसाद ढकालले जानकारी दिए । त्यस्तै मदाने गाउँपालिकाको म्यालपोखरी मावि, शारदा मावि, रियाले मााव, नुमना प्रावि, खन्यूखर्क प्रावि, हर्रे प्रावि, शिवालय प्रावि, तिनधारे प्रावि र सिर्सनी निमाविका विद्यार्थीहरुलाई झोला वितरण गरिएको हो ।

यस्तै मदाने गाउँपालिकाकै सिदार्थ निमावि, सिद्धपोखरी प्रावि, सुर्योदय मावि, देउराली प्रावि र कमेर पोखरी माविका विद्यार्थीहरुलाई झोला वितरण गरिएको ढकालले बताए । झोला र प्रति विद्यार्थी टिपिन, बोत्तल, कलर, स्वास्थ्य सामग्रीसहित करिव ४ हजारको झोला प्रदान गरिएको गुल्मेली सहयोगी हातका कोषाध्यक्ष रमेश काउछाले बताए ।

इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले विभिन्न बिद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गर्ने र पहल तथा समन्वय गर्ने सवैलाई धन्यवाद ज्ञापन गरे । राष्ट्रिय अपाङ पुर्नस्थापना समाजका प्रतिनिधी कृष्ण प्रसाद ढकालले सरकारी विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढाउन पुर्व मन्त्री गोकर्ण बिष्टको केन्द्रिय स्तरको पहलमा थुप्रै गुल्मेली विद्यार्थीहरुलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।

त्यस्तै गुल्मेली सहयोगी हातका सचिव बिमल घिमिरेले झोला वितरणपछि कोभिडले लामो समय विद्यालय बन्द बिक्षिप्त बनेका विद्यार्थीहरुका उर्जा पलाएको बताए । उनले जिल्लाको विपदमा मात्रै नभएर सहयोगी हातहरुले शिक्षाको क्षेत्रमा पनि समन्वय गर्दै आएको बताए । शैक्षिक समाग्री झोला वितरणको समन्वय गर्न सहयोगी हातका अध्यक्ष लिलामणि खरेल, सचिव बिमल घिमिरे, कोषाध्यक्ष रमेश काउछा, सदस्य शुशिल कुमार भट्टराईसहितको टोली गुल्मी आएको थियो ।

टोलीले जिल्लामा आफुहरुको गरेको सहयोगको सदुपयोगका बिषयमा सरोकारवालासंग छलफल तथा अन्तरक्रिया र अवलोकन गरेको गुल्मेली सहयोगी हातका सदस्य शुशिल कुमार भट्टराईले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।