१६ माघ २०७९, सोमबार

Jan 30, 2023

Advertisement

दाङ । लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि सम्भावित खाका प्रस्तुत गरिएको छ । बिहीबार देउखुरीस्थित राप्ती गाउँपालिकाको सभाहलमा प्रदेश पुर्वाधार प्राधिकरणको आयोजनामा राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाका सरोकारवालाहरुमाझ राजधानी शहरको खाका प्रस्तुत गरिएको हो ।

राप्ती उपत्यका र सम्भावित शहरको बारेमा राजधानी शहरको खाका तयार गरिरहको सितारा ईकोकोड, टेक्नोक्रयाट जेभिका पराशर्मदाता डा. विजय श्रेष्ठले राप्ती उपत्यकाको सम्भावित खाका प्रस्तुत गदै ब्यवस्थित शहर बनाउन आम नागरिकको सल्लाह लिईने बताए । प्रदेश पुर्वाधार प्राधिकरणका प्रमुख धुब्र मजगैयाको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले राजधानी घोषणा भएपछिका उतार चढावका साथै आगामी दिनमा गर्नुपर्ने तयारी र तीव्रताका बारेमा सम्पूर्णलाई सजग गराउँदै सहकार्य तथा समन्वयको लागि सबैमा आब्हान गरे ।

कार्यक्रममा प्रस्तुत गरिएको शहरको खामामा थप गर्नुपर्ने योजनासहित स्थानीय नागरिककोजीवन स्तर सुधार गर्ने योजनालाई प्राथमिकता दिन र यस क्षेत्रको सामाजिक, आर्थिक, सास्कृतिक, वातावरणीय क्षेत्रको सुरक्षाको प्रत्याभूति गराउन छलफल चलाईएको शहरी योजनाकार कुमार धमलाले बताए । गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव, पुर्व सभासद शुशिला चौधरी, रश्मीराज नेपालीले राजधानीको आगमनको विषयमा विचार ब्यक्त गर्दै राजधानी शहरको लागि कामको तीव्रतामा जोड दिए ।

निर्माण गरिने शहरको खाकामा राष्ट्रिय, अन्तर्राष्ट्रिय निती, नियमको परिधिमा रहेको सुहाउँदो शहर निर्माणका लागि सम्वन्धित निकायलाई सिफारिस गरिने योजनाकार धमलाले बताए । शहरी योजनाकार धमलाले लुम्बिनी प्रदेशको राजधानी शहरको सम्भावित खाका निर्माणको क्रममै रहेकोले राजधानी शहर परामर्शदाताहरुलाई आम नागरिकले सकारात्मक सुझाव दिन सक्ने बताए । जसका लागि मोवाईल नं. ९८५१०७६२६५ फोन गरेर जोकोहीले सल्लाह सुझाव दिन सकिने उनको बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु