१६ माघ २०७९, सोमबार

Jan 30, 2023

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा पछिल्लो समय फेरि बृद्धि हुदै गएको छ । केही दिन अगाडिसम्म ३५/४० हजारको हाराहारीमा रहेको दैनिक सङ्क्रमितको सङ्ख्या अहिले बढेर ४० हजारभन्दा बढी हुदै गएको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४३ हजार ५०९ जना नयाँ सङ्क्रमित थपिएका हुन ।

सोही अवधिमा ३८ हजार ४६५ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भन्दा नयाँ सङ्क्रमितको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्यामा समेत बृद्धि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड सात लाख एक हजार ६१२ पुगेको जनाएको छ । कुल सङ्क्रमित मध्ये ९७.३८ प्रतिशत सङ्क्रमितहरु अहिले सङ्क्रमणमुक्त भइसकेको पनि मन्त्रालयले जानकारी दिएको छ । भारतमा अहिलेसम्म कुल ४६ करोड २६ लाख २९ हजार ७७३ स्वाब परीक्षण गरिएको छ । त्यसैगरी अहिलेसम्म कुल ४५ करोड ७ लाख ६ हजार २५७ खोप प्रयोग भएको छ । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु