१६ माघ २०७९, सोमबार

Jan 30, 2023

चितवन । भरतपुर महानगरपालिकाले महानगरभित्रका ३८ पशुपालक कृषकलाई उपकरण हस्तान्तरण गरेको छ । महानगरपालिकामा बुधबार आयोजित एक कार्यक्रममा १७ कृषकलाई दूध दुहुने मेसिन र २१ जनालाई घाँस काट्ने मेसिन हस्तान्तरण गरिएको हो । करबाहेक रु एक लाख १० हजार लागतको दूध दुहुने मेसिन ७५ प्रतिशत अनुदान र रु ३० हजार पर्ने घाँस काट्ने मेसिन (च्याफकटर) ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । च्याफकटर गत आर्थिक वर्षको कार्यक्रमअन्तर्गत ११ वटा शतप्रतिशत अनुदान र चालु आवको ५० प्रतिशत अनुदानमा १० वटा मेसिन तथा २१ वटा मिल्किङ मेसिन वितरण गरिएको महानगरका पशुसेवा शाखा प्रमुख मेखराज ढकालले बताए ।

कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण गरी किसानलाई अगाडि बढाउने योजना रहेको बताए । कृषिको विकासनै महानगर समृद्धिको मूल आधार भएकाले कृषिको विकासलाई नै बढी प्राथमिकता दिइएको दाहालले बताए । महानगरले किसानलाई धान रोप्ने मेसिन, कृषि कर्ममा प्रयोग हुने ट्र्याक्टर, घाँस काट्ने मेसिनदेखि दूध दुहुने मेसिन हस्तान्तरण गरिसकेको छ । सो अवसरमा महानगर उपप्रमुख पार्वती शाह ठकुरीले कृषिमा यान्त्रिकीकरण र व्यावसायीकरण गर्न महानगर लागिरहेको बताईन् । कृषिको विकास गर्न नसके चाहेजस्तो समुन्नत महानगर बन्न नसक्ने भएकाले जनप्रतिनिधि महानगरको कृषिको विकासमा लागेको ठकुरीको भनाइ छ । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु