१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

लमजुङ । यहाँ एचआइची एड्स सङ्क्रमितको सङ्ख्या वृद्धि हुन थालेको छ । वैदेशिक रोजगार, असुरक्षित यौन सम्पर्क , यौन शिक्षाको कमी, एक भन्दा बढीसँग यौन सम्पर्कलगायतका कारणले जिल्लामा एचआइभी एड्स सङ्क्रमित मानिसको सङ्ख्या बढ्न थालेको हो । नेपाल सरकारलगायत जिल्ला स्वास्थ्य कार्यालयले एचआइभी एड्स रोकथाम प्रयास गरे पनि सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ६९८ व्यक्तिको परीक्षण गरिएकामा आठजना नयाँ सङ्क्रमित थपिएका छन् । चार महिला र चार पुरुष गरी आठ नयाँ सङ्क्रमित थपिएसँगै जिल्लामा ११८ एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या पुगेको बताइएको छ । यी सङ्क्रमितमध्ये ५५ महिला, ५३ पुरुष, र पाँच बालबालिका रहेका छन् । यी सबै जनाले बेँसीशहर नगरपालिका–८ मा रहेको लमजुङ अस्पतालको एआरटी सेवाबाट औषधि सेवन गर्दै आइरहेका एआर्टी परामर्शदाता गणेश गुरुङले बताए। -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड