१४ माघ २०७९, शनिबार

Jan 28, 2023

ट्युनिस । ट्युनिसियाका राष्ट्रपतिले यहाँको संसद निलम्बन गरेका छन् र प्रधानमन्त्रीलाई पनि बर्खास्त गरेको बताइएको छ । ट्युनिसियाका राष्ट्रपति काइस सेइदले आइतबार यहाँका प्रधानमन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसलगत्तै उनले यहाँको संसद पनि निलम्बन गरेको बताइएको छ । आइतबार राति उनले यहाँका प्रधानमन्त्री हाइचेम मेकिचीलाई बर्खास्त गरेका थिए । राष्ट्रपति काइस सेइदले आइतबार राति चालेको यो कदमको जानकारी ट्युनिसियाका राष्ट्रपतिको आधिकारिक फेसबुकमा भिडियो राखेर जानकारी दिएको छन् ।त्यसपछि यहाँको सरकारको नेतृत्व पनि उनी आफैले गरेका छन् । उनले अकस्मात गरेको सो घोषणामा अर्को प्रधानमन्त्री नियुक्त नगर्दासम्म आफैले सरकारको नेतृत्व गर्ने बताएका छन् ।

त्यसैगरी यहाँको संसद पनि उनले निलम्बन गरेर सबै सांसदहरुको पद स्वतह खारेज गरेको पनि सो भिडियोमार्फत् जानकारी गराएका छन् ।आइतबार मात्र यहाँका नागरिकले यो उत्तर अफ्रिकी देशको स्वास्थ्य र आर्थिक अवस्था निकै नाजुक भएको, महामारीका बेलामा पनि सरकारले जनतालाई केही राहात र सहुलियत दिन नसकेको भन्दै सरकारका विरुद्धमा प्रदर्शन गरेका थिए । उनीहरुले वर्तमान सरकारलाई हटाउन र संसद पनि निलम्बन गरेर नयाँ निर्वाचनको लागि आह्वान गर्न माग गरेका थिए । -सिन्ह्वा

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएका ९ जना बढी भिडका कारण घाइते, कार्यक्रम स्थगित पत्रकार स्व. कंडेल परिवारलाई एक लाख १० हजार सहयोग तिलाेत्तमा १ स्थित वाटिका टाेल विकास संस्थाकाे अध्यक्षमा पुष्करनाथ पन्थ लुम्बिनीको दाङमा अटो पल्टिँदा ९ जना घाइते बसको ठक्करबाट स्याङ्जामा एक जनाको मृत्यु पेस्तोलसहित जनकपुरबाट दुई युवक पक्राउ समृद्धिका लागि शिक्षा नीति बाधक मारवादी सेवा संघ भैरहवाको २२ कोठे भवन उद्घाटन बुटवलबाट चलचित्र ‘फूलबारी’को प्रमोशन सुरु, देश दौडाहमा कलाकार सबै सरकारी वेबसाइट डाउन, अन्तर्राष्ट्रिय उडान रोकियाे नेपाल पुनः प्रयोग योग्य बस्तु व्यवसायी संघ रुपन्देहीमा पदस्थापन कर्मचारी संगठनको केन्द्रीय बैठक रुपन्देहीमा, तयारी अन्तिम चरणमा फागुन २८ अगावै राष्ट्रपति निर्वाचन नभए मुलुकमा अनिष्ट हुन्छ : शेखर कोइराला पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश प्रधानमन्त्री प्रचण्डले सम्हाले गृह मन्त्रालयको कार्यभार पत्रकार भण्डारीको पुस्तक ‘सत्ता संघर्ष’काे परिचर्चा रवी लामिछानेको मुद्दाले एनआरएनलाई कुनै असर गर्दैन् : डा. हेम राज शर्मा, उपाध्यक्ष चन्द्रौटामा सिद्राको व्यापार फष्टाउँदै रोहिणी अध्यक्ष कप क्रिकेट प्रतियोगिता : उपाधि रोहिणी–१ लाई प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ