१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

झापा । नदी कटान नियन्त्रणको जिम्मा पाएको जनताको तटबन्ध कार्यालयले लक्ष अनुसार काम गर्न सकेको छैन । झापा जिल्लाका ६ वटा नदीको कटान नियन्त्रणको काम गरिरहेको जनताको तटवन्धन कार्यक्रम फिल्ड कार्यालय नम्बर १ झापाले काम सुरु गरेको ११ बर्षमा लगभग एक सय किलोमिटर मात्र तटबन्धन निमार्ण गरेको छ । जिल्लाका मेची, बिरिङ, कन्काई, कमल, रतुवा र मावा खोलामा कुल ३ सय ३ दशमलव ६६ किलोमिटर तटवन्ध गर्नुपर्ने डीपीआरमा उल्लेख छ । सोही अनुसार कुल तटबन्धको काम सम्पन्न गर्न १८ अर्ब बजेट आवश्यक पर्ने देखिएको छ ।

Advertisement

बजेट अभावका कारण लक्ष अनुसारको प्रगति हुन नसकेको हो । डिपिआर अनुसार हालसम्म एक तीहाइमात्र काम भएको छ । यही गतिमा काम हुने हो भने पूरा कामसक्न अझै २० वर्षभन्दा बढी समय लाग्ने देखिन्छ । नदी कटान नियन्त्रण कुनै पनि सरकारले प्राथमिकतामा नपरेका कारण बजेट कम बिनियोजन हुने गरेको छ । हरेक वर्षादमा आउने बाढीले नदी आसपासमा रहेका बस्ती, खेती योग्य जमिन बगाएर लाने गरेको छ । जसका कारण तटवन्धनको काम कछुवा गतिमा भएको छ । यस हरेक बर्ष नदी कटानबाट धेरै ठूलो धनजनको क्षती बेहोर्नुपरिरहेको छ ।

जनताको तटबन्धन कार्यक्रम फिल्ड कार्यालय नम्वर १ झापाका सूचना अधिकृत पुस्प गौतमले डीपीआर अनुसार कार्यालयले हालसम्म ३१ प्रतिशत मात्र भौतिक प्रगति भएको जानकारी दिए। कटान नियन्त्रणसम्बन्धी काम गरिरहेका छ वटा नदी र जोखिमयुक्त सदरमुकाम बचाउ कार्यक्रम समेत गरी हालसम्म ९४ दशमलव ०४ किलोमिटर तटबन्धनको काम सम्पन्न भएको छ । यसमा दुई अर्ब ८५ करोड ९४ लाख रुपियाँ बजेट खर्च भइसकेको छ ।

यो कार्यालयले बिस २०६६ सालदेखि जिल्लामा नदी कटानबाट ठूलो क्षति गर्ने नदीको स्थायी तटबन्धनको काम अघि बढाइरहेको छ । अधिकृत गौतमका अनुसार कार्यालबाट आर्थिक बर्ष २०७७र०७८ मा ११ दशमलव ३३ किलोमिटर तटबन्धन गरिएको छ । उक्त कामका लागि पाँच करोड ३ लाखभन्दा बढी खर्च भएको छ । तटबन्ध निर्माण गरिएपछि हालसम्म नदी किनारामा रहेका तीन हजार ७२४ घरधुरीका १७ हजार ३४० जना सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका छन् । त्यस्तै दुई सय २७ हेक्टरभन्दा बढी जग्गा नदी उकास भएको छ ।

आर्थिक बर्ष २०७७र०७८ मा मात्र मेची नदीमा एक किलो मिटर २२७ मिटर पक्की तटबन्धन निर्माण गरिएको छ । यहाँबाट आठ हेक्टर जमिन नदी उकास भएको छ । त्यसैगरी विरिङ् नदीमा दुई किलोमिटर ३५२ मिटर तटबन्धन गरिएको छ । कन्काई नदीमा दुई किलोमिटर ८३७ मिटर तटबन्ध निर्माण गरिएको छ । जसबाट १०८ हेक्टर जमिन नदी उकास भएको छ । कमल नदीमा दुई किलोमिटर ४ सय १० मिटर तटबन्धन गरिएको छ । जसबाट ४५ दशमलव ५० हेक्टर जमिन उकास भएको छ ।

कार्यालयले रतुवा र मावा नदी अन्तर्गत मोरङ्तर्फ ५९८ मिटर पक्की तटबन्ध गरीएको छ । सोही नदीको झापा तर्फ दुई किलोमिटर ३० दशमलव ५० मिटर तटबन्धन गरिएको छ । जनताको तटबन्ध कार्यालयले जोखिमयुक्त जिल्ला अन्तर्गत सदर्मुकाम भद्रपुर नगरपालिकामा मेची नदीमा ८ सय ८४ मिटर तटबन्ध निर्माण गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

वैचारिक कम्यूनिष्ट पार्टी बनाउन समाजवादीले नेतृत्व गर्छ : खतिवडा अर्थमन्त्री पौडेलले जारी गरे कम्तिमा साढे २४ अर्ब बचाउने निर्देशिका (पूर्णपाठसहित) अन्तर मावि दौड : आयोजक देवदह माविका सन्तु थापा पहिलो मणिमुकुन्द रनिङ शिल्ड भलिबल माघ २४ देखि, ४ प्रदेशका ११ समूह भिड्दै लुम्बिनी प्रदेशमा १० मन्त्रालय रहने होराइजन स्पोर्टस् पुरूष भलिबलमा प्रथम, महिला भलिबलमा द्वितीय धनगढीबाट ब्राउनसुगरसहित एक युवक पक्राउ पाठेघर खसेका ३२ महिलाको निःशुल्क उपचार गरिदिने हलेसी तुवाचुङको तयारी सन्दिपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन “बापू”को आगमनले उत्साहित लुम्बिनीका व्यवसायी, ९० प्रतिशत होटल बुक पोखरा जहाज दुर्घटना: छ जनाको डिएनए परीक्षण सुरू अन्तर बैंक एटीएम शुल्क घट्याे क्यान बोर्ड बैठक- अध्यक्षसहित पाँच जनाको राजीनामा माग्दै सात केन्द्रीय सदस्यले छाडे बैठक कक्ष फैसलाको पूर्णपाठ आएपछि मात्र माओवादीले गृहमन्त्रीबारे निर्णय गर्ने माइकलको बायोपिकमा माइकल ज्याक्सन बन्दै जाफर लिदी पहिरोबाट विस्थापित ४१ घरधुरीले पाए जग्गाधनी पुर्जा नेतृत्वप्रति वितृष्णा कथनी र करनी बीचको अन्तरको प्रतिफल एसियन हाइड्रोपावरकाे २७ माघदेखि आईपीओ खुल्ने पालिकाबाटै सीसी क्यामेराले रोहिणीको निगरानी गृहमन्त्री पदले साझेदारमा खटपट : रविको प्रस्तावमा सकारात्मक देखिएनन् प्रधानमन्त्री