ताजा अपडेट »

पत्रकारमाथि धरपकड, कार्यकारी सम्पादक पक्राऊ

बुधबार, ०६ साउन २०७८, १५ : २७
4 Shares

हङ्गकङ्ग । हङ्गकङ्गको राष्ट्रिय सुरक्षा प्रहरीले एप्पल डेलीका पूर्वसम्पादकलाई पक्राऊ गरेको छ। हङ्गकङ्गको लोकतान्त्रिक आन्दोलनको लागी अब्बल भूमिका निर्वाह गरेको उक्त पत्रिकाको सम्पूर्ण सम्पत्ति केहिदिन पहिला हङ्गकङ्ग सरकारले जफत गरेसंगै उक्त पत्रिकाको प्रकाशन पनि बन्द भएको थियो।

साऊथ चाईना मर्निङ्ग पोस्टका अनुसार उक्त पत्रिकाका कार्यकारी प्रधानसम्पादक लाम मेन चुङ्गलाई बिदेशी शक्तिको आडमा हङ्गकङ्गको राष्ट्रिय सुरक्षामाथी गम्भिर चलखेल गरेको भन्दै उनलाई पक्राऊ गरिएको हो। हङ्गकङ्गको सुरक्षा निकायले उनीसहित अहिलेसम्म आठजनालाई पक्राऊ गरेको जानकारी दिएको छ।

अंघिल्लो महिना हङ्गकङ्ग प्रहरीले उक्त पत्रिकाको मूख्य कार्यालयमा छापा मारी कार्यालयका सम्पूर्ण सामाग्रीहरु जफत गरेको थियो। साथै प्रहरीले उक्त पत्रिकाका कार्यकारी अधिकृत, सम्पादकलगायत अन्य उच्चपदस्थ ब्याक्तिहरुलाई यसअंघि नै पक्राऊ गरिसकेको थियो। प्रहरीको धरपकडसंगै आफ्नो २३ लाख डलरबराबरको सम्पत्ति जफत भएको भन्दै कम्पनीले आफ्नो प्रकाशन बन्द गरेको छ।

हङ्गकङ्गको लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको एप्पल डेलीको अन्तिम संस्करण लाखौं प्रति बिक्री पनि भएको थियो। सन् २०१९ मा चलेको सरकारबिरोधी प्रदर्शनपश्चात बेईजिङ्गले हङ्गकङ्गमा राष्ट्रिय सुरक्षा निति लागू गरेको थियो। बेईजिङ्गको यसप्रकारको सुरक्षा नितिका कारण हङ्गकङ्गमा असन्तुष्टि झनै बढ्दै गएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।