ताजा अपडेट »

‘बालुमै’ले दर्शक श्रोता उफारेकी शिलुको यो वर्ष ‘ल्याप्चे’

विहीबार, १६ साउन २०७६, १६ : ३०
8 Shares


साउन १६,
ग्लोबल आवाज
बुटवल । ‘घुम पाकुम घुम’ बोलको तीज भाकाबाट जब उनले आफ्नो गायन सुरु गरिन् थाहा थिएन की लाखौ दर्शक श्रोताले उनलाई चिन्ने छन् र माया गर्ने छन् । ‘साँगीतीक क्षेत्रमा ५ वर्षको यो छोटो अवधिमा नै यति धेरै दर्शक, श्रोताले चिन्नु हुनेछ र माया पाउनेछु भन्ने मलाई पनि लागेको थिएन ।’–ग्लोबल आवाजसँगको कुराकानीमा बताइन् गायीका शीलु भट्टराई ‘उर्मिला’ले । गएको वर्ष बालुमै बोलको तीज भाकाले दर्शक स्रोतालाई उफार्नु उफारेकी शिलुले यो वर्षको तीजमा पनि नयाँ भाका ल्याएकी छिन् ।

साँगीतीक यात्राको छोटो अवधिमा नै ४ दर्जन बढी तीज भाका तथा दर्जनौं लोक तथा दोहोरी गीतमा आवाज पश्केकी शिलुको ‘ल्याप्चे’ ले उत्साहजनक भ्यूअर्स बटुल्न सफल भएको छ । चर्चीत गायक खुमन अधिकारीको शब्द संगीत र स्वर रहेको नयाँ तीज भाका ल्याप्चेले गीत रिलिज भएको दुई हप्तामा नै एक लाख ८० हजार बढी यूटुभ भ्यूअर्स पाएको छ । मालाश्री स्टुडियोमा रेकर्ड गरिएको गीतलाई विनोद पराजुलीले संगीत संयोजन तथा खडक बाजुरालीले मिक्सिङ गरेका हुन् ।

https://youtu.be/3GrVoIcRFeo?t=60

तिर्सना म्यूजिक प्रा.लि.को प्रस्तुती रहेको यो गीतमा महेन्द्र गौतम र अनु पराजुलीको नृत्य रहेको छ । राजेश घिमिरेले छायाँकन गरेको यो गीतलाई प्रकाश भट्टले निर्देशन तथा कोरियोग्राफ गरेका हुन् । साई भिजन प्रा.लि.ले दृश्य निर्माण तथा विष्णु शर्माले सम्पादन गरेका हुन् । नजिकिँदै गरेको तीजसँगै दर्शक श्रोताको माया बटुली रहेकी शिलुले यो वर्षको तीज भाकाले १० लाख बढी भ्युअर्स पाउने अपेक्षा गरेकी छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।