२० आश्विन २०७९, बिहीबार

Oct 6, 2022

सुदूरपश्चिम । सुक्खा मौसमले चिन्तित कैलाली र कञ्चनपुर जिल्लाका किसान साउन लागेसँगै भएको मनसुनी वर्षाले खुशी भएका छन् । ती दुई जिल्लामा असार महिनाभरी पर्याप्तमात्रामा वर्षा हुन नसक्दा खडेरीले धान बालीमा प्रतिकूल असर पुगेको जनाउँदै किसान चिन्तित देखिएका थिए । “पर्याप्त पानी नपर्दा धान रोपाइँ गरिएको खेतमा चिरा परेर बाली बिग्रिन लागेको चिन्ता थियो”, धनगढी उपमहानगरपालिका–१३ किसान मोहन पाण्डेयले भने, “साउन लागेसँगै पर्याप्त वर्षा भएपछि अब बाली सप्रिने आसा जगाएको छ ।”

Advertisement

भरपर्दो सिँचाइ सुविधाको अभाव झेल्दै आएका ती जिल्लाका अधिकांश किसान आकासको पानीको भरमा धान रोपाइँ गर्दछन् । पर्याप्त पानी नहुँदा धान खेतमा झारपात उम्रिने र रोग किराको समस्या देखिने चिन्ता तीन दिनयता वर्षा भइरहँदा हटेको किसान अमरबहादुर चौधरीले बताए । नेपालमा मनसुन वर्षेनी जुन १० मा प्रवेश गरेर सेप्टेम्बर २३ सम्म रहने गर्छ । सुदूरपश्चिम प्रदेशमा भने केही दिन ढिलो मनसुन प्रवेश गर्ने गर्दछ । यस वर्ष भने जुन १० गते नै मनसुन प्रवेश गरे पनि पर्याप्त वर्षा हुन नसक्दा प्रदेशका तराईका जिल्लामा असार महिनामा सुक्खा र खडेरीको मौसम देखिएको थियो ।

प्रदेशका पहाडी जिल्लामा भने मनसुनी वर्षाको प्रभाव तराईका जिल्लाको तुलनामा केही बढी देखिएको थियो । तराईमा देखिएको सुक्खा मौसमसँगै भएको उखरमाउलो गर्मीले जनजीवन पनि नराम्रोसँग प्रभावित भएको थियो । अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयले यस वर्ष मनसुन समयमै भित्रिएको भए पनि पश्चिमी वायुको प्रभावका कारण कैलाली र कञ्चनपुरलगायतका क्षेत्रमा जुन १० देखिको एक महिनासम्म ठूलो मनसुनी वर्षा हुन नसकेको जनाएको छ ।

“मनसुन जुन १० मा भित्रिएको भए पनि पश्चिमी वायुको प्रभावका कारण ठूलो वर्षा हुन सकिरहेको थिएन”, कार्यालयका सूचना अधिकारी सिङ्गल चौधरीले भने, “साउन लागेसँगै ठूलो वर्षा भइरहेको छ ।” यस वर्ष गएको जुन १० देखि जुलाई १० सम्मको एक महिनामा जम्मा ३८० मिलिमिटर वर्षाको मापन भएको थियो । जबकी पछिल्लो पाँच दिनमै २९४ दशमलव पाँच मिलिमिटर वर्षा मापन भएको छ । गत वर्षको जुलाई १० सम्म पनि ठूलो वर्षा हुन सकेको थिएन । सुदूरपश्चिम प्रदेशको अत्तरिया, डडेलधुरा र दीपायलमा जल तथा मौसम विज्ञान विभागका फिल्ड कार्यालय सञ्चालनमा छन् ।

वर्षेनी जलवायुमा भइरहेको परिवर्तनका कारण चाहिएको समयमा वर्षा नहुने, वर्षा भइहालेमा बाढी र डुबानको ठूलो समस्या सिर्जना हुने बताइएको छ । यसैगरी बेमौसमा चक्रवात र आँधीबेहरीको समस्या देखिने, बालीमा विभिन्न रोगको सङ्क्रमणको समस्याका साथै मित्र जीवभन्दा शत्रु जीवको समस्या बढी हुने जस्ता समस्या देखिन थालेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

सिराहामा जसपाका नेता कार्यकर्ताले दिए सामूहिक राजीनामा नारायणी नदीले सतर्कता पार गर्यो पाल्पा-गुल्मी सडक खुल्यो, लुम्बिनीका आधा दर्जन बढी सडक अवरुद्ध अष्टमीमा घरबाट निस्केका पाल्पाका २ युवाको दशैंमा शव फेला कसरी जुराइन्छ समुद्री आँधीको नाम ? आज पनि टीका लगाइँदै आजको मौसम: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा धेरै वर्षा हुने सन्दीप लामिछाने आज बिहान १० बजे काठमाडौँ आइपुग्ने रुपन्देहीकी युवा नेतृ २१ वर्षीया झरना चौधरीको दुर्घटनामा मृत्यु गुल्मीको मुसीकोटस्थित दरबार कोटको मेला (तस्वीरमा ) राम बन्न डराएका थिए प्रभास दशैं मनाउन मामाघर हिँडेका अर्घाखाँचीका १० वर्षीय समिरलाई खोलाले बगायो इन्टरनेट जडान गर्ने क्रममा २४ वर्षीय निलमको मृत्यु जीपको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते नेपाल थाइल्यान्डसंग पराजित तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी राष्ट्रपतिले लगाइदिइन् सर्वसाधारणलाई टीका आधुनिक घट्टले खुड्खुडीमा फेरियाे दैनिकी मिसाइल प्रक्षेपण असफल भएकोमा दक्षिण कोरियाले माग्यो माफी हिमपहिरोमा परी चार जनाको मृत्यु