१४ आश्विन २०७९, शुक्रबार

Sep 30, 2022

बझाङ। जयपृथ्वी नगरपालिका–१ भण्डारगाउँकी २१ वर्षीया जानकी नेपालीको उनका पति २५ वर्षीय मनोज नेपालीले कान काटिदिएका छन्। कान काटेर घाइते भएकी जानकीको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ।चार दिनअघि मनोजले आफन्तसँग हाँसेको आरोपमा निर्घात कुटपिट गरी आफ्नो बाया कान काटिदिएको जानकीले बताएकी छन्। ‘जे हातमा पर्‍याे त्यही सामानले कुट्यो। म ढलेपछि चक्कुले कान काटिदिए। त्यसपछि काटिएको ठाउँमा दाँतले चपायो अनि रगत चुस्यो,’ जानकीले भनिन्, ‘काटिएको कान मेरो हातमा दिँदै भोलि मेडिकल गएर जोडी माग्नु भन्यो र भाग्यो।’

जानकीकको काटिएको कानको शल्यक्रिया भएको छ। तर, कान जोडिने, नजोडिने निश्चित नभएको चिकित्सकहरूले बताएका छन्। मनोजले विवाहको केही महिनादेखि नै आफूलाई यातना दिन सुरु गरेको जानकीको आरोप छ। उनका चार, अढाई र १६ महिनाका तीन सन्तान छन्। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रूपक खड्काले ठाडो उजुरीमार्फत घटनाबारे जानकारी आएको र मनोजको खोजी गरिरहेको बताए। थाहाखबरकाे सहयाेगमा

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको ‘लितुङ्गकोट’ भाकलसँगै लाहुरेहरुको गाउँ ‘फोक्सिङ्ग’ सातै प्रदेशका नीति आयाेगका उपाध्यक्षको सरकारलाई आग्रहः आयोग चलाउने छुट्टै ऐन चाहियो मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल नक्कली नोटसहित पक्राउ जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ पोखरामा बेच्न राखिएका भेडाच्यांग्रामा पीपीआर, स्वस्थ छानेर किन्न पशु विज्ञको सुझाव पत्रकारप्रति जनप्रतिनिधिको व्यबहार ‘अपमानजनक’, दृष्टिकोण परिवर्तन गर्न आवश्यक फोहर फाल्ने स्थान पहिचान गर्दै काठमाडौं महानगर फेरि बढ्यो सुनको मूल्य पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ: गगन थापा खाद्यले माग्यो विभिन्न पदमा १०६ कर्मचारी नेप्सेमा नेपाल ल्यूव आयलको शेयरमूल्य समायोजन मोटरसाइकल अनियन्त्रित भई खसेका व्यक्तिलाई ट्रकले कुल्चिदा घटनास्थलमै मृत्यु एक किमीको भाडा २५ रुपैयाँ! गोठाटार गोलीकाण्डः एक महिलासहित ३ जना पक्राउ कर्णालीमा पाँच सय ४१ जनालाई डेङ्गु पश्चिम नवलपरासीमा चाडपर्वसँगै बजार अनुगमन तिब्र नालापानीलाई सोलो रिलिजको वातावरण बनाउन माग भ्रष्टाचारले व्यवस्थालाई नै पदभ्रष्ट तुल्यायो : पूर्वराजा ज्ञानेन्द्र चुनाव लक्षित गठबन्धन अलोकतान्त्रिक हो, ‘पावर होलिडे’ गरौं