ताजा अपडेट »

प्रहरीको सक्रियतामा एक क्विन्टल बढी अवैध माछा नष्ट

आइतबार, २७ असार २०७८, १९ : ५६
6 Shares

कपिलबस्तु । मायादेवी गाउँपालिका वडा न २ अभिराव स्थित अभिराव मनखोरिया भित्री कच्ची सडक खण्डबाट प्रहरीले अवैध माछा नियन्त्रणमा लिई नष्ट गरेको छ । भारतबाट नेपालतर्फ बोरामा ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखेर बोरा सोही स्थानमा छाडी माछा ल्याउने फरार भएका थिए ।

उक्त बोरा खोली हेर्दा करिब ४० हजार पर्ने अन्दाजी १२० के.जी. विभिन्न जातका मृत माछा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । उक्त माछा बरामद गरी राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय व्यक्तिहरु र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरूको उपस्थितिमा जिल्ला प्रहरी कार्यालयको कम्पाउण्डको खाली जग्गामा खाडल खनेर माछाहरु नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।