२२ मंसिर २०७९, बिहीबार

Dec 8, 2022

काभ्रेपलाञ्चोक । भूकम्पबाट घर क्षतिग्रस्त भई सरकारी अनुदानबाट छुटेकालाई भुम्लु गाउँपालिकाले रु तीन लाख आवास अनुदान दिने भएको छ । भूकम्पको छ वर्षपछि आवास अनुदानबाट छुटेकालाई गाउँपालिकाले अनुदानस्वरुप आगामी आर्थिक वर्षमा उक्त रकम दिन लागेको हो । गाउँपालिकाको हालै सम्पन्न नवौँ अधिवेशनले पुनःनिर्माण प्राधिकरणको लाभग्राहीमा सूचीकृत नभएकालाई आवास अनुदान बराबर रु तीन लाख दिने निर्णय गरिएको हो । यसका लागि कानून, नीतिनियम बनाएर आगामी आवको शुरुवातसँगै छानबिन गरेर अनुदान रकम वितरण गरिने गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले बताए ।

उनले भने, “पहिलो कानून बनाएर वास्तविक भूकम्पपीडित छानबिन गरी अनुदानस्वरुप घर बनाउन प्रतिपरिवार रु तीन लाख दिन्छौँ ।” उनका अनुसार तत्कालीन अवस्थामा लाभग्राहीमा सूचीकृत भएकालाई गाउँपालिकाको अनुदानले निकै राहत पुग्नेछ । गाउँपालिकामा रहेका दश वडामा करीब एक सयभन्दा बढी परिवार पुनःनिर्माण प्राधिकरणको अनुदानबाट छुटेका हुनसक्ने अनुमान गरिएको छ । अनुदान रकम वितरण गर्न गरिने अनुगमनले वास्तविक भूकम्पपीडित परिवार तथा कति परिवारले प्राधिकरणको अनुदानबाट आवास निर्माण गरे नगरेको एकीन तथ्याङ्क आउने कुँवुरले बताए।

आवास पुनःनिर्माणका लागि जिल्लाका ८४ हजार ५७० भूकम्पपीडित परिवारले पुनःनिर्माण प्राधिकरणसँग आवास अनुदान सम्झौता गरेका थिए । त्यसमध्ये ७८ प्रतिशतले आवास पुनःनिर्माण सकेर तेस्रो किस्ताबापतको रकम लिइसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय धुलिखेलले जनाएको छ । सो कार्यालयले निषेधाज्ञाका कारण केही भूकम्पपीडित लाभग्राहीलाई भूक्तानीमा दिलाइ भएको जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कालिका क्याम्पसको ९ औं वार्षिकोत्सव : विभिन्न खेलकूद गतिविधिसहित रक्तदान असारमा ५ अर्ब सकेको लुम्बिनी सरकारले ४ महिनामा ४ अर्ब पनि बजेट खर्च गर्न सकेन् बुटवलको प्रदर्शनीलाई प्रविधि र दर्शक मैत्री बनाउने प्रतिवद्धता अन्तरविद्यालय क्रिकेटः सेमिफाइनल समीकरण पूरा बजारमा नक्कली मल, ‘ग्रीन च्यानलमा’ राखेर पास गर्दै भैरहवा भन्सार भैरहवाको मेडिकल कलेजले उपचारमा लापरबाही गरेको आरोप, पीडितले गरे क्षतिपूर्ति माग एनसेलले माग्यो माफी, सडक विस्तारका क्रममा फाइबर काटिएकाे भनाइ विदेशी सामानकाे आयात खुले पनि अटो व्यवसायमा कर्जा सीमा नहटेको भन्दै व्यवसायीको विरोध ज्यास्मिन ओझाले दिइन् महिला आयोगमा ज्यान सुरक्षाको निवेदन स्ववियु निर्वाचनको तयारीमा त्रिवि सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु, ११ घाइते बागमती प्रदेशसभामा प्रत्यक्षतर्फ ५ महिला विजयी, कूल ६६ मध्ये ६१ सिटमा पुरुष गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ पुरुष सांसदकै बाहुल्यता, महिला न्यून कञ्चनपुरमा जंगली हात्तीको आतंक, अन्नबाली जोगाउन मुस्किल एमालेकाे सचिवालय बैठक शुक्रबार बस्ने आलै छ कोरोनाले बनाएको घाउ कृषि अर्थतन्त्रको विकासमा ज्यापु समुदायको भूमिका महत्वपूर्ण छ : प्रधानमन्त्री देउवा समानुपातिक सांसद चयनमा रास्वपाभित्र असन्तुष्टि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक दुई तिहाइ र बहुमतको कीर्तिमान कांग्रेसका नाममा सीमित