ताजा अपडेट »

विद्युत्तीय बस चलाउन पहिलो चरणमा ३ अर्ब बजेट

विहीबार, ०२ साउन २०७६, १२ : ३५
6 Shares

साउन २ ,

काठमाडौं । सरकारले साझा यातायात सहकारी संस्थानमार्फत ३०० विद्युत्तीय बस खरिद र सञ्चालन गर्ने भएको छ । विद्युत्तीय बस  खरिद गर्न र सञ्चालनको जिम्मेवारी संस्थानलाई दिएको र त्यसअनुसार बजेट व्यवस्थापन गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले जानकारी दिए । सरकारले यसअघि ३०० बस खरिद गर्ने योजना बनाएको थियो । त्यसअनुरुप पहिलोचरणमा ३ अर्बबाट करिब १५० को संख्यामा बस खरिद हुन सक्ने प्रवक्ता ज्ञवालीले बताए । 

उनले ३ अर्ब रुपैयाँ बजेट निकासा गरिसकिएको पनि जानकारी दिए । उनका अनुसार यस वर्ष करिब डेढ सय विद्युत्तीय बस सञ्चालनको योजना बनाइएको छ । विद्युतीय बस खरिद र सञ्चालन गर्ने जिम्मा साझा यातातालाई दिइएको भएपनि व्यवस्थापनका लागि भने सरकारले छुट्टै यातायात प्राधिकरण बनाउने तयारी गरिरहेको छ । उक्त प्राधिरकणमार्फत बस व्यवस्थापन गर्ने योजनामा सरकार छ । त्यसको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

साझा यातायात सहकारी संस्थान ९० प्रतिशत सरकारी स्वामित्व भएको संस्था हो । यसअघि मन्त्री रघुबीर महासेठले एक वर्षभित्र डेढ सय विद्युत्तीय बस खरिद गरी सञ्चालन गर्ने योजना रहेको बताएका थिए । मन्त्री महासेठले बस खरिद सरकार र सरकारबीच (जीटुजी)मार्फत गर्न सकिने बताए । विद्युतीय सवारी खरिद जीटूजी प्रणालीबाटै गर्ने पक्षमा मन्त्री रघुवीर महासेठ छन् ।

अहिलेको अन्तर्राष्ट्रिय बजारअनुसार, एक विद्युतीय बसको मूल्य दुईदेखि साढे दुई करोड रुपैयाँ पर्छ । त्यसका आधारमा तीन सय विद्युतीय बस खरिद गर्न झन्डै साढे ६ अर्ब रुपैयाँ आवश्यक पर्छ । ३ अर्ब झन्डै डेढ सय बस खरिद गर्न सकिने मन्त्रालयले जनाएको छ । यसअघि काठमाडौँ महानगरपालिकाले विद्युत्तीय सवारी खरिद गर्न १० करोड, प्रदेश ३ सरकारले ३० करोड, ललितपुर महानगरपालिकाले दुई करोड रुपैयाँ बजेट छुट्याएको जनाइएको छ ।यसअघि नै सरकारले ३०० विद्युतीय बस खरिदका लागि सैद्धान्तिक स्वीकृति दिइसकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।