ताजा अपडेट »

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा माओवादीका ३ मन्त्री र १ राज्यमन्त्री बर्खास्त

मंगलबार, २२ फागुन २०८०, १५ : १९
130 Shares

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । 

नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहले माओवादीका सामाजिक विकासमन्त्री झपट साउद र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी तथा राज्यमन्त्री गीता माललाई बर्खास्त गरेका हुन् । 

केन्द्रीय सरकारमा आएको दलीय समीकरण परिवर्तनसँगै प्रादेशिक सरकारमा समेत प्रभाव परेको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।