ताजा अपडेट »

रोटयाक्ट डिष्ट्रक ३२९२ नेपालको डिष्ट्रक सेमिनार सम्पन्न

आइतबार, २३ बैशाख २०८१, १२ : २८
88 Shares

बुटवल । रोटयाक्ट डिष्ट्रक ३२९२ नेपाल ले चितवनमा डिष्ट्रक सेमिनार सम्पन्न गरेको छ । सेमिनार रोटयाक्ट डिष्ट्रका डि आर आर रोसन कार्किको अध्यक्षयता तथा रोटरि डिष्ट्रक २०२४÷२५ का डि जि राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यितामा सम्पन्न भएको थियो । 

सेमिनारले रोटयाक्ट डिष्ट्रकले आगामि वर्ष गर्ने कामको बारेमा समिक्षा गर्दै वाषिक कार्ययोजनानिमार्ण गदै सम्पन्न भएकोे रोटयाक्ट डिष्ट्रिका डि आर आर इलेक्ट बिक्रम क्षेत्रीले बताए । उनले दुई दिन सम्म चलेको सेमिनारमा करिब ६० जना डिष्ट्रीक मेम्बहरुको सहभागितामा सम्पन्न भएको बताए । सेमिनारले बिगत वर्षमा भन्दा अब आउने वर्षमा युवा मैत्रि कार्यक्रमाहरु सन्चालन गर्ने गरि कार्य योजना निमार्ण गरेको बताए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरि डिष्ट्रक २०२४/२५ का डिष्ट्रक गर्भनर राजेन्द्र मान शेरचनले रोट्रयाक्ट डिष्ट्रीकले बिगत देखि गरेका कामहरको प्रसंसा गरे। डिष्ट्रीकले अव नयां कार्ययोजना बनाउदा बिगतका वर्ष भन्दा फरक र पृथक खालका खालका कार्यक्रमहरु सन्चालन गनुपर्ने बताए।

धेरै जसो युवाहरु रोजगारिको लागि बिदेश जानु पर्ने बाध्यता आएको हुदा स्वदेश मै रोजगारिको सिर्जना गर्ने खालका बिभिन्न सिप मुलक तालिमहरु सन्चालन गनुपर्ने बताए । यसको लागि रोटरि डिष्टीकले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।कार्यक्रममा बोल्दै रोटरियन राजन पिया ले रोट्रयाक्ट डिष्डीले बिगत देखि नै निकै राम्रो र महत्वपूर्ण कार्यक्रमहरु सन्चालन गदै आएकोमा धन्यवाद व्यक्त गनुभयो आगामि दिनमा रोट्रयाक्ट अभियानमा रोटरिको निरन्तर साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । 

6c131e30-0c72-4b1c-a09f-37e8d437b838

सेमिनारमा सौगात गौतम,सुरज पौडेल,नानि काजि खडका, बिक्रम क्षेत्रि, दिनेश गैरे,माधव पराजुली,अनुप पाण्डे,सुविन खडका लगायतले सहजीकरण गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।