ताजा अपडेट »

सामाजिक सञ्जाल फेसबुकमा समस्या, प्रयोगकर्ताको प्रोफाइल बन्द

मंगलबार, २२ फागुन २०८०, २१ : ३६
638 Shares

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मँगलबार साँझ ९ बजेपछि फेसबुक लगइनमा समस्या देखिएको हो ।

प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरिरहेका छन् । यस्तो समस्या देखिइएको विश्वभरका प्रयोगकर्ताहरुले बताइरहेका छन् । यससम्बन्धी एक्ससहितका सामाजिक सञ्जालमा चर्चा भइरहेको देख्न सकिन्छ । तर, के भएको हो भन्नेबारे फेसबुकले केही  बताइसकेको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।