ताजा अपडेट »

२ घण्टापछि सञ्चालनमा आयो नेपाल टेलिकमको मोबाइल नेटवर्क

बुधबार, ०९ असार २०७८, १० : ०८
4 Shares

बुटवल । झण्डै २ घण्टापछि नेपाल टेलिकमको मोबाइल नेटवर्क सञ्चालनमा आएको छ ।आज बिहान २ घण्टासम्म नेपाल टेलिकमको पोस्टपेड र प्रीपेड दुवै सीममा फोन लागेको थिएन । नेपाल टेलिकमले प्राविधिक समस्याले नेटवर्कमा समस्या देखिएको जनाउँदै अहिले समस्या समाधान भएको जानकारी दिएको छ ।

एचएलआर नेटवर्कमा समस्या आएको र प्राविधिक टिमले सो समस्या समाधान गरिसकेको नेपाल टेलिकमका प्रबनध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।बिहानैदेखि फोन नलाग्नुका साथै एसएमएस पनि डेलिभर भएको थिएन् । मोबाइलमा फोन गर्दा ‘कल इण्ड’ भएको देखाउँथ्यो ।पोस्टपेड र प्रिपेड नम्बरमा फोन नलागे पनि एनटीसीको सीमबाट एनसेलमा भने फोन लागेको थियो ।

https://www.globalaawaj.com/archives/115947
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।