ताजा अपडेट »

रोगको उपचार ताली बजाउनु !

आइतबार, ०६ असार २०७८, १० : १६
26 Shares

सामान्यतः मानिस खुशी हुँदा वा कसैलाई प्रोत्साहित गर्दा ताली बजाउछौं । तर, तालीले मुटु, दम, फोक्सो, ग्याष्ट्रिक, मानसिक बेचैनी, टाउको दुख्नेजस्ता समस्यामा छुट्कारा पाउन सहयोग गर्दछ । पत्यार नलाग्ला, ताली बजाउनु स्वास्थ्यकालागि निकै लाभदायी मानिन्छ ।

यस्ता छन् ताली बजाउनुका फाइदाहरु
१. ताली बजाउँदा पाचन समस्या भएकाहरूले समेत लाभ पाउँछन् । यसकालागि दाहिने हातका चार औंलामा जोड पर्नुपर्छ । बिहान उठ्ने बित्तिकै कम्तीमा १५ मिनेट तालि बजाउँदा पाचन समस्यामा सुधार पाउन सकिन्छ ।

२. दैनिक १५ देखि २० मिनेटसम्म औंलाले औंलामा जोड पर्ने गरी तालि बजाउँदा ढाड, घाँटी, जोर्नी दुख्नेहरुमा विशेष लाभ मिल्दछ ।

३. न्युन रक्तचापको समस्या भएकाले सिधा भएर उभिने र हात हावामा माथि उठाएर ताली बजाउँदा यो समस्याबाट छुट्कारा मिल्दछ ।

४. कुनै व्यक्ति मुटु र फोक्सो सम्बन्धी समस्याबाट पीडित छ भने उसकालागि ताली सही उपचार हुनसक्छ । यसले मुख्य र सहायक धमनीमा भएका अवरोध हटाउँछ र स्वस्थ पार्छ ।

५. तालीले मानिसमा रोग प्रतिरोधी क्षमतामा पनि वृद्धि गर्दछ । साथै कुनै पनि रोगसंग लड्न सक्ने बनाउँछ ।

स्मरण रहोस् ताली बजाउँदा यसले रगतको प्रवाहलाई सुचारू गर्न मद्दत गर्छ । तर, खाना खाएको एक घण्टापछि मात्र ताली बजाउनु राम्रो हुन्छ । साथै राम्रो परिणाम पाउनु छ भने हातमा नरिवलको या तोरीको तेल लगाउनु पर्दछ, ताकि शरीरले यो तेल सोस्न सकोस । ताली एक्युप्रेसरको एउटा रूप भएकाले कुनै गम्भीर रोग छ भने चिकित्सकको जानु नै वेश हुन्छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।