११ मंसिर २०७८, शनिबार

Nov 27, 2021

काठमाडौँ । पशुपति र शङ्खमूल क्षेत्रको वाग्मती किनारमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइ महाअभियानलाई निरन्तरता दिइएको छ ।

Advertisement

वाग्मती सफाइ महाअभियानको ४२३औँ हप्तामा पशुपति क्षेत्रको नदी किनारमा भएको सफाइमा छ अभियानकर्मीले सफाइ गरेको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले जानकारी दिए । 

पशुपति क्षेत्रको सफाइमा अधिकारसम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, काठमाडौँ महानगरपालिका–९ का सदस्य टेकराज अधिकारी, अभियानकर्मी केशवप्रसाद पुडासैनी, चक्रबहादुर चन्द, दुर्गा रावल र समितिका सञ्चालक सदस्य खरेलको सक्रियता थियो । 

शवदाहका दाउरा र बाँस पशुपति क्षेत्रको वाग्मती किनारमा

पशुपति क्षेत्रमा कोरोनाबाट निधन भएका लगायतको दाहसंस्कार गर्ने क्रम निरन्तर चलेकाले त्यस क्षेत्रको सफाइ अभियानलाई पनि निषेधाज्ञाका बाबजुद निरन्तरता दिइएको सफाइ महाअभियानले जनाएको छ । पशुपति क्षेत्रमा शव जलाएपछिका दाउरा र बाँस पनि घाट क्षेत्रमा फालेको पाइएको सफाइ अभियानकर्मीले जनाएका छन् । 

पशुपति क्षेत्रमा पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसर मात्र सफा देखिने गरेको अभियानकर्मीको गुनासो छ । कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले सफाइ कर्मचारी बिरामी परेकाले सफाइमा प्रभाव परेको जानकारी दिएको अभियानकर्मी खरेलले सुनाए ।

यसैगरी शङ्खमूल क्षेत्रमा डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ गरिएको छ । सफाइमा त्यस क्षेत्रका टोल सुधार समिति र अभियानकर्मीको सक्रियता थियो । विष्णुमती सफाइ अभियानको ३५५औँ हप्तामा टोखा नगरपालिका–९ मनमैँजु पुलबाट शिवमन्दिरसम्म वृक्षरोपण गरिएको छ । रिठो, पैँयुलगायत जातका ४० बिरुवा रोपिएको सफाइ संयोजक शोभाकान्त पाण्डेले जानकारी दिए । यस स्थानमा गत वर्ष पनि बिरुवा रोपिएकामा केही निर्दयीले उखेलेर फालेकाले पुनः रोप्नु परेको उनले बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका निर्देशक डिलाराम सुवेदी, सफाइ अभियानकर्मी चक्रबहादुर चन्दलगायत त्यस क्षेत्रका विभिन्न टोल सुधार समितिको सक्रियता थियो । यसैगरी काठमाडौँ उपत्यकामा गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमतीको माथिल्लो भाग, मनोहरा, गोदावरी खोला, चक्रपथको उत्तर र पश्चिमी खण्डलगायत स्थानमा पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सफाइ अभियानलाई निरन्तरता दिइएको छ ।

कोरोनाबाट बच्न सफाइ एवं भौतिक दूरी कायम गर्नु नै सबैभन्दा राम्रो उपचार हो भन्ने चेतना जगाएर धेरै स्थानमा सफाइ अभियानले जागरण फैल्याएको जनाइएको छ । निषेधाज्ञाका कारण सफाइ अभियानका लागि नदी किनारमा जान नसकेका अभियानकर्मीले यस्तो जागरण फैल्याउन सहयोग गरेका हुन् ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानले यसका सहायक नदी सफाइ गर्नसमेत जागरुक बनाएको छ । काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदीझैँ चक्रपथका विभिन्न क्षेत्रमा गरी २० स्थानमा सफाइ भइरहेको छ । 

यसैगरी उपत्यकाबाहिर मुख्य शहर, नदी र सांस्कृतिक सम्पदास्थलमा सफाइ भइरहेको छ । उपत्यका र बाहिर गरी हाल १०७ स्थानमा सफाइ भइरहेको जनाइएको छ । वाग्मती सफाइ महाअभियान शुरु भएदेखि प्रत्येक हप्ता शनिबार निरन्तर जारी छ । जाडो, गर्मी, वर्षा, चाडपर्व, भूकम्प, नाकाबन्दी कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि सफाइ निरन्तर छ । 

‘हप्तामा दुई घण्टा देश सेवाका लागि स्वयंसेवा’ भन्ने नाराका साथ अभियानकर्मी नदी किनारमा उत्रने गरेका छन् । नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न जारी बन्दाबन्दीका बेला भने नदी किनार नजीकै निवास भएका अभियानकर्मीले सफाइ महाअभियानलाई निरन्तरता दिएका छन् । अन्य अभियानकर्मीले भने घर टोलअघिको सफाइलाई निरन्तरता दिएको महाअभियानले जनाएको छ । 

प्रतिकृया दिनुहोस्

Flash News

पार्टी भित्र हुने निर्वाचनले ठूलो द्वन्द्व जन्माउँछ : डा. भण्डारी केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियशन नेपालको साधारणसभा तिलोत्तमामा कोसी ब्यारेजमा हाम फालेका एक जनाको मृत्यु सरकारलाई बिजुली खपतको चिन्ता, जनता पोल हेर्न बाध्य रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु राजनीतिमा देखिएको पथभ्रष्ट र अराजकता सच्याउने नेतृत्व आउँछ : ओली बन्द सत्रमा ओलीले भने : प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत रुपमा चयन पाँच घण्टा ढिला गरी सौराहमा सुरु भयाे एमालेको बन्दसत्र भोट माग्न सुरु गरेका भीम रावलले भने- ओलीकाे सहमति प्रयासबारे जानकारी छैन एमाले १० औँ महाधिवेशन : घनश्याम भूसाल उपाध्यक्षमा उठ्ने एमाले दशौं महाधिवेशन : नेम्वाङलाई राष्ट्रपति, अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन एमालेको कुम्भमेलामा विचारलाई निषेध गरियाे : प्रचण्ड टिपरको ठक्करले स्कुटर चालकको मृत्यु माओवादी केन्द्र पुनर्गठित गर्दै अघि बढेका छौं: प्रचण्ड ओली बन्दसत्र स्थल प्रवेश, तर अझै सुरु भएन बैठक एमालेको राष्ट्रिय महाधिवेशन र युवा नेतृत्व कर नबुझाउने करदातामाथि कारबाही सुरु अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुन्छ: योगेश भट्टराई