ताजा अपडेट »

नारायणीको दाउरा, स्थानीयको सहारा

विहीबार, ०३ असार २०७८, १७ : १०

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको नरसही क्षेत्रका केही स्थानीयहरुले नारायणी नदीमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्न आफ्नो ज्यान कै बाजी लगाउने गरेका छन् । वर्षायाममा नारायणी उर्लेपछि ठुलाठुला रुखहरु बगेर आउने गरेका छन् । ति रुखलाई नदीबाट निकाल्नका लागि नदीमै प्रवेश गर्ने गरेका छन् ।

त्यतिमात्र नभई डुङ्गाको जोखिम यात्रा समेत गरेका हुन्छन् । यो कार्य सुस्ता गाउँपालिकाको नारायणी छेउछाउ बसेका स्थानीयले प्रत्येक वर्ष गर्दै आएका छन् । उनीहरुले नदीमा बगेर आएका सनाठुला रुखहरुलाई डोरी र फलामले बनाएको पासोमार्फत निकाल्ने गरेका छन् । यस्तै डुङ्गाको सहायताले नदीको मुख्य बहाव क्षेत्रमा गएर समेत तानेर ल्याउने गरेका छन् ।

नारायणी नदीबाट दाउरा निकाल्न पेशा नै बनाएका छन् । तर यो कार्य एकदम जोखिमपूर्ण रहेको छ । उनीहरु दाउरा निकाल्नका लागि ज्यानको मायाभन्दा दाउराको मोह गर्ने गरेका छन् । गतवर्ष दाउरा निकाल्न जाँदा सुस्ता गाँउपालिका वडा नं। ४ नर्सहीका सन्तु चौधरीलाई बाढीले बगाएको थियो । नारायणीले प्रतेक वर्ष १२ जनालाई बगाँउदै आएको छ तर पनि बाढीले बगाए कै ठाँउमा गएर दाउरा निकाल्ने स्थानीयको बानी परेको छ ।

वर्षेनी नारायणी नदीमा बगेर आएको दाउरा निकालेर त्यहाँका स्थानीयले घरायसी प्रयोगम लगाउने र बेच्ने गरेका छन् । त्यस क्षेत्रमा कतै जंगल वा वन नभएकाले उनीहरुले नारायणीले बगाएर ल्याएको रुखलाई दाउराको रुपमा प्रयोग गर्ने गरेका छन् । यस्तै, अधिकांशले बेच्ने गरेका पनि छन् । दाउराको रुपमा प्रयोग हुने काठलाई ३ सयदेखि ४ सय रुपैयाँ क्विन्टल र ट्रलिमा १० हजारदेखि १२ हजारसम्मको मुल्यमा बेचेर आम्दानी लिने गरेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।