ताजा अपडेट »

प्रेस युनियन रुपन्देहीलाई आयुर्वेदिक औषधि हस्तान्तरण

सोमबार, ३१ जेठ २०७८, १७ : ३९
4 Shares

बुटवल । नेपाल प्रेस युनियन रूपन्देहीलाई आयुर्वेदिक औषधि हस्तान्तरण गरिएको छ । ग्रेस फार्माटिकल्स प्रालीका सुरज भट्टराईको सहयोगमा प्राप्त रोग प्रतिरोधी क्षमता बढाउने औषधि योग अभियन्ता विष्णुहरि आचार्य(योगिराज)ले हस्तान्तरण गरेका हुन्।

एक कार्यक्रमका बिचमा नेपाल प्रेस युनियन रुपन्देही उपाध्यक्ष कबिन्द्र नेपाल, कोषाध्यक्ष झबिन्द्र देबकोटा र कार्य समिती सदस्य आचार्य प्रदीपलाई हस्तान्तरण गरिएको थियो ।

गुडुची क्याप्सुल १०८ फाईल, ईमिन्युटि बुस्टर १०० पिस औषधी हस्तान्तरण गर्दै आचार्यले यो औषधिको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुग्ने बताए। उनले पछिल्लो समय आयुर्वेदको महत्व धेरै बढेको बताउँदै फ्रन्टलाईनर्सलाई नियमित सहयोग गर्दे आएको बताउँदै आगामी दिनमा पनि निरन्तर गर्दै जाने बताए।

यसअघि आचार्यकै समन्वयमा नेपाल पत्रकार महासंघ रुपन्देहीलाई आयुर्वेदिक औषधि हस्तान्तरण गरिसकेका छन ।

https://www.globalaawaj.com/archives/111551
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।