ताजा अपडेट »

जनता समाजवादी बिपद् व्यवस्थापन समितिद्वारा बुटवलमा रक्तदान

सोमबार, ३१ जेठ २०७८, १७ : ४५
2 Shares

बुटवल । जनता समाजबादी पार्टी (जसपा) रूपन्देहीद्वारा गठित जनता समाजवादी बिपद् व्यवस्थापन समिति बुटवल उपहानगर कमिटीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कोरोनाको महामारीमा रगतको अभाव देखिएकोले रगत अभवलाई केही हदसम्म भएपनि सहज बनाउने उद्वेश्यले एवम राजनीतिक पार्टीको समाजिक उत्तरदायित्व हुने हुनाले पनि रक्तदान गरिएको बुटवल उपमहानगर कमिटीका संयोजक बामदेव भुसालले बताए । कार्यक्रममा जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य किस्मत बिश्ववकर्मा, लुम्बिनी प्रदेशका सह–ईन्चार्ज कमल खनाल, पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादब, प्रदेश सचिब यज्ञ पोखरेल, जिल्ला अध्यक्ष रामअवतार यादब, युवा नेता प्रेम बहादुर अर्याल, तेज बहादुर राना लगायतका नेता तथा कार्यकताहरुहको सहभागिता रहेको थियो ।

रक्तदान अभियानबाट जसपा बिपत ब्यवस्थापन समितिले रूपन्देही जिल्लाबाट ३५० देखि ४०० युनिट रगत सकलन गरिने लक्ष्य रहेको छ ।
रक्तदान कार्यक्रम रूपन्देहीको सबै स्थानिय पालिकामा सञ्चालन गरिने जसपा, रूपन्देहीका अध्यक्ष राम अवतार यादवले बताए । यस अघि जसपाले भैरहवमा रक्तदान कार्यक्रम गरिसकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।