१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023


इटहरी । नेपाल प्रेस यूनियन सुनसरीले जिल्लामा रहेका कोरोना संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर परामर्श दिने भएको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार जिल्लाका कोरोना संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर डाक्टर, नर्ससहितको निःशुल्क परामर्श दिने भएको हो । ‘दोस्रो चरणको भेरियन्ट आइकन जिलामा झण्डै एक दर्जन सञ्चारकर्मी कोरोना संक्रमित भएका छन् । केही संक्रमितहरु अस्पतालमा उपचाररत छन् भने केही संक्रमितहरु घरमै आइसोलेट भएर बसेका छन्।‘ उनले ले भने, ‘यसकारण हामीले घरमै आइसोलेट भएर बसेका संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर डाक्टरद्धारा सेवा प्रवाह गर्न लागेका हौँ ।’

उनका अनुसार डा. अमितकुमार खतिवडा (मेडिकल अधिकृत) र स्टाफ नर्स किरण चौधरीले संक्रमित सञ्चारकर्मीलाई घरमै गएर निःशुल्क परामर्श गर्ने र आवश्यक औषधोपचार गर्ने गरी युनियनले तयारी अघि बढाइएको छ । घरमै गएर ‘मोबाइल डाक्टर’ सेवा प्रवाह गर्दा संक्रमित सञ्चारकर्मीलाई हौसला प्रदान हुने भएकाले कोरोनामुक्त हुन सहज हुने अधिकारीको भनाइ छ। यसैबीच डा. खतिवडासँग यूनियनले आइतबार सम्झौता समेत गरेको छ ।

यूनियनले यसअघि गत वर्ष सुनसरीका २६० जना सञ्चारकर्मीहरुको निःशुल्क कोरोना बीमा गरेको थियो । ती मध्ये ३० जनालाई जनही एक लाखका दरले रकम समेत हस्तान्तरण गरिसकिएको अधिकारीले बताए । यस्तै, इटहरी १० मा उद्योग बाणिज्य संघ इटहरीले नेतृत्व गरेर निर्माण गरेको आइसोलेसनमा प्रेस यूनियनसहित अन्य विभिन्न संस्थाको समन्वयमा जिल्लाका सञ्चारकर्मीहरुलाई अक्सिजनसहितको निःशुल्क सेवा दिने तयारी गरिएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

अमेरिकी डलरको भाउ घट्दा युरोको बढ्यो सत्ता गठबन्धनको बैठक सुरु विहिबारदेखि हुने एसईई परीक्षाको तयारी पूरा, ५ लाख १६ हजार विद्यार्थी सहभागी हुँदै दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु